सर्लाहीको ब्रम्हपुरी गाउँपालिका स्थित हुलाकी सडकमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु एक गम्भीर

0 Shares
सर्लाही, ११ असोज । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका स्थित हुलाकी राजमार्गमा शुक्रवार राति स्कारपियोको ठक्करबाट मोटसाइकल सवार मध्ये दुई जनाको मृत्यु भएको छ एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा, ब्रम्हपुरी गाउँपालिका–५ स्थित हुलाकी राजमार्गमा पर्साबाट भेल्ही तर्फ जाँदै गरेका एमएच ०४ डिजे १२९७ नम्वरको स्कारपियो जिपले विपरित दिशाबाट आउदै गरेका प्र.३–०३–००१ प ७५७५ नम्वरको मोटरसाइकललाई गएराति ८ बजेको समयमा ठक्कर दिदा उक्त दुखद घटना भएका थिएका थिए ।
मोटरसाइकलमा सवार तिन जना मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भयो भने एक जना गम्भीर हुँदा निजको उपचार जारी छ र उनी खतरामुक्त रहेको सर्लाही प्रहरीले जनाएका छन् ।
घटनाको जानकारी पाउना साथ प्रहरी चौकी पर्सा, प्रहरी चौकी त्रिभुवननगरबाट खटिएका प्रहरीले घाइतेहरुलाई प्राथमिक उपचारको लागि मलंगवा अस्पताल ल्याएर मोटरसाइकल चालक ब्रम्हपुरी गापा २ का दिलिप चौधरीका २३ बर्षीय छोरा अंकित चौधरीको टाउको सहित शरीरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर हुँदा निजको न्यूरो अस्पताल जनकपुरमा पठाइएपनि राति पौने १० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
मोटरसइकलको बीचमा सवार सोही स्थानका रामप्रित सहनीका २५ बर्षीय छोरा पनि गम्भीर हुँदा प्रादेशिक अस्पताल मलंगवामा उनको गएराति ८.२० बजे चिकित्सकले मृत घोषित गरेको उनले बताए र
मोटरसाइकलमा पछाडी सवार सोही स्थानका बैद्यनाथ पण्डितको २३ बर्षीय छोरा शिवशंकर पण्डितको हात र दुबै खुटामा चोट लागेको हुँदा मलंगवामा प्राथमिक उपचार गरेर थप उपचारको लागि गएराति नै न्युरो अस्पताल बारा रेफर गरिएको डिएसपी राईले जानकारी दिए ।
मोटरसाइकललाई ठक्कर दिने भारतीय स्कारपियोको चालक फरार भएको हुँदा निजको खोजी कार्य जारी रहेको बताउदै डिएसपी राईले स्कारपियो र मोटरसाइकल प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।