आपराधिक उपद्रव, कुटपिट अंगभंग तथा ज्यान मार्ने उद्योग कसुरमा गोडैता–७ का वडाध्यक्ष दास पक्राउ

0 Shares
सर्लाही, २२ असोज । सर्लाहीको गोडैता स्थित प्रहरी चौकी माथि आक्रमण गरी इन्चार्ज माथि साँघातिक हमला गरेको गम्भीर आरोपमा फरार रहेका प्रतिवादी एवं गोडैता नगरपालिकाका– ७ का अध्यक्षलाई सर्लाही प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
४१ बर्षीय वडाध्यक्ष छोटेलाल भन्ने बिनेशकुमार दास समेत विरुद्ध आपराधिक उपद्रव, कुटपिट अंगभंग तथा ज्यान मार्ने उद्योग कसुरमा पक्राउ गरी अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकै दिन निजलाई वागमती नगरपालिका ११ बाट प्रहरीले मंगलवार साँझ ५ बजे पक्राउ गर्न सफल भएका हुन् ।
गएको शनिवार गोडैता बजारमा दुर्गा पूजाको चन्दाको विषयमा दुई पक्षबिच विवाद सुरु भएका थिए । दुई पक्षबिच भएको विवाद साम्य पार्न खटिएको प्रहरी चौकी गोडैताको टोलीले उपद्रव मचाउन खोजिरहेका रामनगर गाउँपालिका ५ का अनिल राय यादवलाई नियन्त्रणमा लिएपछि वडाध्यक्ष दास सहितका व्यक्तिहरूले चौकीमाथि ढुंगा–मुढा गरी तीनवटा मोटरसाइकल तोडफोड गरेर क्षति पुर्याएको थियो ।
प्रहरी चौकीमाथि ढुंगा–मुढा गरिएको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षक अवधेश प्रसाद यादवको मुखमा ढुंगा लागेर दुई वटा दाँच भाँचिएर गम्भीर घाइते भएको तथा त्यहाँ कार्यरत अन्य पाँच जना सुरक्षाकर्मीहरु घाइते भएको थियो । वारदात घटना पश्चात फरार रहेका वडाध्यक्षन दास विरुद्ध गम्भीर घाइते प्रनानी यादवको प्रतिवेदनबाट आपराधिक उपद्रव, कुटपिट अंगभंग तथा ज्यान मार्ने उद्योग मुद्दामा हिजो वागमती नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए ।
पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला अदालत सर्लाहीमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको तथा उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको डिएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।