रौतहट, २३ असोज । मधेशका जनताहरु बाढी, डुवान र कटानबाट मधेश प्रदेश आक्रान्त रहेको अवस्थामा मधेश सरकारको उपस्थिति शुन्य हुन निकै दुर्भाग्यपूर्ण रहयो ।
असोज १७ गते राति देखि १९ गते सम्मको अविरल बर्षाबाट मधेश प्रदेशका प्रमुख नदी सहित खोलानालामा आएको बाढीको कारण सिंगो मधेशको आठै जिल्ला डुवान, कटानबाट प्रभावित भएपनि सरकारको उपस्थिति शुन्य हुँदा आक्रोशित बनेका जनसमुदायहरुको तारो प्रमुख राजनीतिक दलहरु बन्दै गएको अवस्थामा पिडित जनताहरुलाई समयमै राहत दिई तत्कालिन घाउँ माथि मलहम लगाउन, विस्थापित भएका परिवारलाई स्थापित गर्न पूर्ननिर्माणका कार्यहरु संचालन गराउन, क्षतिग्रस्त रहेका बाटोघाटोहरु सुचारु गराउन, किसानहरुको बालीनालीको उचित क्षतिपूर्ती दिनका लागि ठोस राजनीतिक निकासको लागि मधेश प्रदेशका प्रमुख तीन दल एकत्रित भएर अघि बढ्न खोजिएको हो ।
अल्पमतमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंह विरुद्ध उनकै पार्टी किन लागे त ?
नेपाली काँग्रेस, नेकपा एमाले र जनमत पार्टीले मधेशका जनताहरु बेमौसमी बर्षाबाट उत्पन्न बाढी, डुवान, कटानको मार खेप्नु परिरहेको परिवेशमा मधेश सरकारको नेतृत्व गर्दै आएका मुख्यमन्त्री आफनै तालमा रहेको हुँदा बाध्य भई मधेशमा ठोस राजनीतिक निकास र संघियतालाई मजबुती बनाउने उद्देश्यका साथ समिकरण तयार गरेर अघि बढ्ने तीन दलको निष्कर्ष रहेको छ ।
प्रदेशका तीन राजनीतिक दल मध्ये जनमतले वर्तमान मुख्यमन्त्रीलाई सत्ताबाट बाहिर आउन भनिसकेको भएपनि उनी आफनै अडानमा बसिरहेको भएपनि जनताहरुलाई दिनुपर्ने राहतका प्याकेज सम्बन्धी कुनै छलफल नै नगरी बाहिर बाहिर हिडिरहेको हुँदा जनताहरु आफूहरुको मुख ताकिरहेको अवस्थामा हिजो मात्रै तीन दल एक ढिक्का भएर मधेश सरकारको बागडोर एवं संचालन गर्न नेपाली काँग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव माथि विश्वास गर्दै समर्थन पत्र समेत दिएको देखिन्छ ।
हिजो राति दिएको समर्थन पत्र पश्चात उत्पन्न विभिन्न मिडिया ट्रायलका कारण हरेक दलमा फुट गराउनु, आफूले चाहे अनुसारको सत्ता लोलुप्तामा लिप्त हुनु, जनताको काम भन्दा मात्रै स्टण्टवाजीमा मस्त हुनु र सकारात्मक कार्य भन्दा आफू अनुकुलको कार्यमा लिप्त रहनु मात्रै अहिलेका मुख्यमन्त्री सिंहको दिनचर्या बनेको हुँदा त्यस्ता व्यक्तिलाई मधेश सरकारबाट हटेमा मात्रै मधेशको समग्र कल्याण एवं हितकारी हुने रानीतिक विश्लेशक श्यामचन्द्र झा बताउँछन् ।
राजनीतिक विश्लेशक झा भन्छन्ः मधेशमा बागमती, लाल बकैया, लखनदेहि, रतुवा, कमला, कोशी लगायतका प्रमुख नदीहरु सहितका विभिन्न खोलानालाले पुर्याएको क्षतिको अहिले सम्म केन्द्र सरकारको कुरा त परै जाओस मधेश सरकारको कुनै पनि निकायको उपस्थित शुन्य रहदा यस प्रदेशका जनताहरु सिंह नेतृत्वको सरकारबाट आजिज भईसकेको गम्भीर गुनासो गरे ।
मुख्यमन्त्री सिंह नेतृत्वमा रहेका काँग्रेस, एमाले र जनमतका मन्त्रीहरु फिर्ता भईसक्दा पनि कुनै नैतिकताले अहिले सम्म राजिनामा नदिएको होला ? उनले गम्भीर प्रश्न गर्दै यदी मधेशको जनताहरुलाई दुखमा साथ दिने सरकार छैन भने त्यस्ता सरकार माथि यहाँको जनताहरु विश्वास गर्ने आधार नरहेको हुँदा मुख्यमन्त्री सिंहले अविलम्ब राजिनामा दिई मार्ग प्रशस्त गरेर मधेशको अस्तित्वको साथै संघियताको रक्षा गर्न समेत उनले आग्रह गरे ।
तीन राजनीतिक दलको निष्कर्ष एवं समर्थन पत्रमा के छ ?
प्रदेश सभाको सदस्यहरु मध्ये नेपाली काँग्रेस, एमाले र जनमतको ५८ जना सदस्यहरुले नेपाली काँग्रेसका कृष्णप्रसाद यादव प्रति समर्थन जनाउदै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्न तपसिल बमोजिमको दलहरु समर्थन र हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि तीन राजनीतिक दलका तर्फबाट दावी सहितको पत्र मधेश प्रदेश प्रमुख समक्ष पेश गरिएको छ ।
तीन राजनीतिक दलका ५८ जना सदस्यहरुको हस्ताक्षर सहित मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा यादवलाई नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गरिएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले र जनमत पार्टीका शिर्ष नेताहरु सहित ५८ जना सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीमा काँग्रेसका प्रदेश सभापति यादवलाई नियुक्त गर्नका निमित्त दाबी पत्र बुधवार राति नै प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराइएका हुन् ।