वीरगञ्जको गीता मन्दीर रोड स्थित अभिषेक ज्वेलर्सका संचालक अभिषेक सर्राफको घर, पसल गोदाममा राजस्व कार्यालयको छापा

0 Shares
वीरगञ्ज, २७ असोज । भन्सार छली गरेर घरमा सुन राखेको आशंकामा राजस्व अनुसन्धान कार्यालय पथलैयाद्वारा वीरगञ्जको माईस्थान स्थित सुनचाँदी व्यवसायीको घरमा सोमवार छापा मारिएका छन् ।
वीरगञ्ज महानगरपालिका–२ स्थित गीता मन्दीर रोडमा रहेका अभिषेक ज्वेलर्सका संचालक अभिषेक सर्राफको घरमा राजस्व अनुसन्धान कार्यालय पथलैया बारा कार्यालयबाट खटिएका टोलीले आज दिउसोको समयमा छापा मारेका हुन् ।
राजस्व कार्यालय पथलैयामा प्राप्त रिपोर्टका अनुसार सुनचाँदी व्यवसायी सर्राफको घरमा अनुसन्धान अधिकृत विकास मिश्रको नेतृत्वमा आएको टोलीले छापा मारेर चेकजाँच भईरहदा बताइएको छ ।
सर्राफका घर बाहिर जम्मा भएका स्थानीयहरूले राजस्व अनुसन्धान कार्यालयले सुरक्षाकर्मी परिचालन गरेर घरमा छापा मारेर व्यवसायीहरूलाई आतंकित बनाएको आरोप लगाउँदै चर्को विरोध प्रदर्शन समेत भईरहेको बताइएको छ ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माका अनुसार, सर्राफले राजस्व चुहावट गरेर सुनको कारोवार गरिरहेको तथा उक्त सुन घर, कारोबार स्थल र गोदाममा राखिएको प्राप्त सुचनाका आधारमा उक्त स्थानहरुमा खानतलासी भइरहेको बताए ।
खानतलासीका क्रममा कारोबारसँग सम्बन्धित विलविजक सहितका कागजात, खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिने कार्य भएको बताए ।
राजस्व अधिकारीहरूले सर्राफलाई दिएको पत्रमा “राजस्व चुहावट भएको भन्ने सूचनाको आधारमा यो खानतलासी गरिएको हो । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारोबारसँग सम्बन्धित कागजात, मालसामान तथा अन्य प्रमाणहरू कब्जामा लिन र आवश्यकता अनुसार शीलछाप गर्न टोलीलाई सहयोग गर्न अनुरोध छ ।”
खानतलासी एवंड छापामारीको क्रममा अत्याधिक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।