रौतहट, २७ असोज । दुर्गा मन्दीर पुजा समिति गंगापिपराले दुर्गा पुजाको समयमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनमा अहम भुमिका निर्वाह गरेका नेपाल प्रहरीका एसपी सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानित गरेका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरा स्थित दुर्गा मन्दीर परिसरमा सोमवार आयोजित सम्मान कार्यक्रमको आयोजना गरेर विभिन्न क्षेत्रका व्यत्तित्वहरुलाई गम्छा, सम्मान पत्र दिई सम्मानित गरेर हौसला बढाएका हुन् ।
श्री दुर्गा मन्दीर पुजा समितिद्धारा आयोजित कार्यक्रमको अध्यक्षता शैलेन्द्रकुमार सिंह (पंकज) ले गरेका थिए भने कार्यक्रममा उपस्थित प्रमुख अतिथि सहित विशिष्ट अतिथि लगायत स्थानीय जनसमुदायहरुलाई राजनीतिकर्मी, समाजसेवी एवं अभिभावकको रुपमा रहनु भएका रेबन्त झाले दुर्गा भगवतीको पावन भुमिमा अतिथिहरुलाई स्वागत गर्नु पाउदा निकै खुशी लागेको बताए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहले यो भुमि अत्यन्तै पवित्र एवं रमणीय रहेको चर्चा गर्दै यहाँ दुर्गा माताको कृपाले सबैको दिनचर्या राम्रै चलिरहेको बताए । दुर्गा भगवती गापा एक प्रकारबाट टापु जस्तो क्षेत्रको रुपमा रहेको चर्चा गर्दै बर्षेणी बाढी र डुबानको चपेटबाट जोगाउन प्रमुख जिम्मेवारी रहेकोमा चाँडै समस्या समाधान तर्फ आफू अग्रसर रहेको स्पष्ट पारे ।
रौतहट प्रहरीका एसपी नेत्रमणी गिरीले दुर्गा मन्दीर गंगापिपराले सम्मानित गर्दा आफू निकै गौरवान्ति भएको महसुस गर्दै हामी आफनो जिम्मेवारी र दायित्वलाई निर्वाहको पथमा अनवरत कार्य गरिरहदा सम्मानीत हुदा थप हौसला बढेको चर्चा गरे । दुर्गा भगवती गाउँपालिकामा अधिकाँश पढेलेखेका र सम्पन्न परिवारहरु भएपनि केही मात्रामा गरिवहरु पनि छन् तिनीहरुको आर्थिक अवस्था माथि उकास्न समेत अहिलेका गापा अध्यक्षको भुमिका निकै सराहनिय रहेको बताए ।
हाम्रो काम नै समाजमा शान्ति सुव्यवस्था कायम गराई आम मानिसलाई राम्रो वातावरणमा बस्ने माहौलको सृजना गर्नु हो, उक्त कार्यमा तपाईहरुको अमूल्य साथ र सहयोग रहीरहयो भने यहाँबाट विभिन्न अवाञ्छित क्रियाकलापहरुलाई निष्तेज पर्ने दृढता प्रकट गरे ।
वडाध्यक्षको तर्फबाट धर्मेन्द्रकुमार झा (डिके झा) ले दुर्गा भगवती गाउँपालिकामा लाग्ने दुर्गा पुजाको महत्व वारे प्रकाश पार्दै दुर्गा मन्दीर मत्सरी र गंगापिपरामा हुने पुजा सम्बन्धमा विस्तृत जानकारी गराउदै वागमतीको चपेटामा परेर मत्सरी ३ पटक उठिवास भएको हुँदा पनि माँ दुर्गाको असिम कृपाले सबै नागरिक सुरक्षित ढंगबाट जिवन यापन गरिरहेकोमा गौरवान्वित महसुस गरे ।
श्री दुर्गा मन्दीर गंगापिपराको पहिलो अध्यक्ष एवं बयोवृद्ध रामइश्वर चौधरीलाई गम्छा ओढाएर सम्मानित गरिएको छ ।
उक्त कार्यक्रमा संचार उद्यमी समेत रहनु भएका रेबन्त झा, समाजसेवी राजेश चौधरी, वडाध्यक्षहरु प्रदुम्न चौधरी, शुरेश चौधरी, धर्मेन्द्रकुमार झा, रामानन्द यादव, संचारकर्मीहरु प्रभातकुमार झा, चञ्चल झा, पवन राज गुप्ता, प्रविण पाण्डे, रोशन साह, प्रहरी निरीक्षक सरोज डल्लाकोटी, इप्रका गंगापिपराका प्रनानी गौरव कुमार दास, सहित सम्पूर्ण प्रहरी, सशस्त्र प्रहरी वेस क्याम्प भलोहियाका सई सहितका कर्मचारीलाई र मारुती क्लवका अध्यक्ष पंकज गुप्तालाई समाजसेवी छोटन सिंहले गम्छा उठाएर र राजेश दासले टिका लाई सम्मानित गरेको थियो ।
कार्यक्रमको संचालन दिपककुमार चौधरीले गरेका थिए ।
सम्मानित भएका व्यक्तित्वहरुको केही तस्वीरहरु