जितेन्द्र सोनलले प्रदेश प्रमुख समक्ष पाँच दलको हस्ताक्षर सहित नयाँ सरकारको लागि दाबी पेश

0 Shares
जनकपुरधाम, २९ असोज । लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलले पाँच दलको ५६ सदस्यको समर्थन पत्र सहित नयाँ सरकारको लागि प्रदेश अध्यक्ष समक्ष दाबी पेस गरेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी र लोसपाको समर्थन पत्र सहित मुख्यमन्त्रीमा सोनलले समर्थन पत्र प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका हुन् ।
मधेश प्रदेशमा १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य रहेको छ । एमालेका एक निलम्बित सहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बित सहित ९, नेकपा (एकीकृत समाजवादी) पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् ।
सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद समर्थन पाएको छ ।
यसअघि जनमत पार्टीले मधेश प्रदेश सभाका सबैभन्दा दुई ठूला दल काँग्रेस र एमाले संग मिलेर काँग्रेसको कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने सहमती गरेपछि पछिल्ला बदलिदो राजनीतिक घटनाक्रमबाट काँग्रेस र एमालेलाई बाइपास गरी लोसपाले मधेशवादीको नेतृत्वमा सरकार बनाउन कार्यमा सफल भएको बताइएको छ । सोनल नेतृत्वमा माओवादी र एसले महत्वपूर्ण समर्थन जनाएपछि दुई ठूला दललाई सरकारमा जाने सपना चकनाचुर भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।