सरकारले मुलुकलाई विदेशीको अखडा बनाउन खोज्योः प्रभु साह

0 Shares
रौतहट, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की जेनजीको माग सम्बोधन देखी कुटनीतिक आचारसंहिता विपरित काम गरिरहेको गम्भीर प्रश्न चिन्ह् खडा गर्दै उनी संग  जवाफ माग गरे ।
बुधवार संघिय राजधानी काठमाडौंमा पत्रकार महासंघले आयोजना गरेको मिडियासंग साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको गलत कार्यशैली बिरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै उनले बिभिन्न प्रश्न गर्दै त्यसको जवाफ माग गरेका हुन् ।
वर्तमान सरकारबाट राष्ट्रियता, लोकतन्त्र नै खतरामा परेको टिप्पणी गर्दै उनले सरकारले मुलुकलाई विदेशीको अखडा बनाउन खोजेको गम्भिर आरोप लगाए ।
प्रधानमन्त्रीदेखी मन्त्रीहरुले आफ्नो सम्पती विवरण सार्वजनिक कहिले सार्वजनिक गर्ने ?, १२ महिनाको एक बर्ष भएपनि दशैंभत्ता सहित १३ महिनाको तलब किन लिएको ?, कुटनीतिक आचारसंहिता पालना सरकारले किन नगरेको ?, प्रहरीको लुटिएको हतियार फिर्ता कहिले हुने ?, फरार कदैबन्दी कहाँ छन ?, शान्ति सुरक्षाको प्रत्याभुती किन नगराएको ?, निर्वाचनको वातावरण बनाउने काम किन नगरेको ?, भ्रष्टाचारी एवं जेनजीका हत्यारालाई कारवाही कहिले गर्ने ? लगायतका थुप्रै प्रश्न गर्दै आजपा अध्यक्ष साहले सरकारको जवाफ माग गरे ।
जेनजी आन्दोलनको बलमा बनेको सरकारले बिदेशीको इसारामा काम गरेको गम्भिर आरोप लगाउँदै उनले सरकारमा जेनजी वा शहीद परिवारको तर्फबाट सहभागिता किन नगराएको भन्दै उनले प्रधानमन्त्री कार्कीसंग जवाफ माग गरे । जेनजी आन्दोलनका हत्यारालाई कारवाही गर्नबाट सरकार किन व्याक भएको भन्दै उनले सरकार माथि आक्रोश पोखे ।
‘मेरो विचारमा केपी ओली र शेरबहादुर देउवाको गठबन्धन थियो । ती दुईवटा गुटबाहेक जति पनि राजनीतिक दलहरु थिए, तिनीहरुको कुनै न कुनै ढंगको समर्थन जेन–जी आन्दोलनप्रति थियो । आम जनविद्रोहमा सहभागिता थियो भनेर यो कुरालाई स्वीकार गर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
तर, जेन–जी आन्दोलनलाई संस्थागत गर्ने दिशामा जानुको सट्टा जेन–जीको नाम भजाएर विदेशीको पोल्टामा लगेर थुपार्दिने काम भएको बताए । आजको सरकार र सबै आन्दोलनको जस अबजस राजदूतावासले तय गर्ने स्थिति बनाइएको उनको टिप्पणी गरे । आम नेपाली जनताले बदलावको लागि लडेको भए पनि जेन–जी आन्दोलन कसैलाई कुर्सी दिनका लागि मात्रै नरहेको उनले बताए ।
नेपाली जनताले कांग्रेस र एमालेको अपवित्र राजनीतिलाई निधेष गरिदिएको पनि उनले बताए । सुशीला कार्की आम जनताको स्वामित्वमा नभएर तिरस्किृत नेताहरुको प्रस्तावमा प्रधानमन्त्री बनेको टिप्पणी उनले गरे । सरकार बनेपछिको गतिविधिहरु पनि अदृष्य र सन्दीग्ध रहेको उनले बताए ।
प्रधानमन्त्री कार्की आफैंले अहिले ‘म जेन–जीलाई चिन्दिनँ’ भनिराखेको उनले बताए । उनले प्रधानमन्त्री कार्कीलाई ‘कसको सिफारिसमा मन्त्रीहरु नियुक्त गरिराख्नु भएको छ ?’ भन्दै प्रश्न गरे । जेन–जी आन्दोलन र जनताको विद्रोहको बलमा प्रधानमन्त्री बनेकी कार्कीले त्यसलाई संस्थागत गर्ने बाटोमा जान नचाहेको उनको आरोप छ ।
उनले संसद् पुनस्र्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताए । संसद पुनस्र्थापनाको बहस भइरहेका बेला आजपा ताजा जनादेश सहितको निर्वाचनको पक्षमा रहेको उनले बताए ।
एमालेलाई संसद् पुनस्र्थापनाको पक्षमा टाउको नउठाउन उनले आग्रह गरे । संसद् पुनस्र्थापनाको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै आजपा अध्यक्ष साहले फेरि गिजोल्ने काम आफूहरुलाई स्वीकार्य नभएको कडा चेतावनी दिए ।
‘अब देश चुनावमा जानुपर्छ । सरकारले चुनावमा भयरहीत वातावरण बनाउनुपर्छ । हामीलाई चुनाव चाहिएको छ । शान्तिपूर्ण निकास चाहिएको छ । यसको लागि नेपाली जनता अब चुप लाग्दैनन् । तपाईँहरुको तमासा अब हामी हेरेर बस्दैनौं,’ आजपा अध्यक्ष साहले भने, ‘देशलाई लोकतान्त्रिक ट्रयाक दिनुस् । हामीले चाहेको जनताको जनविद्रोहको सम्बोधन होस् । अन्तरिम संविधानसहित नयाँ सरकार बनोस् भन्ने हामीले चाहेका थियौं । नेताहरुले यसलाई धुमिल बनाए, विदेशी शक्तिहरुले हाइज्याक गर्दिए ।’
उनले अहिलेको सिस्टमलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । वर्तमान व्यवस्थालाई उनले दलतन्त्रको ओढारको संज्ञा दिए । उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ ।
वर्तमान सरकारले सिंहदरबार, सर्वोच्च अदालतलगायतमा भएको तोडफोड र आगजनीको बारेमा कुनै चासो नदेखाएको उनले बताए । वर्तमान सरकारले आज हुकुमी शासन चलाइरहेको बताउदै उनले कुनै दिन ‘पाँच दिनमा भ्रष्टाचारीलाई कारबाही गर्छु, भ्रष्टाचार नियन्त्रण गछर््ु’ भन्ने प्रधानमन्त्री कार्कीले आज एक महिना भइसक्दा पनि भ्रष्टाचारीमाथिको कारबाहीबारे कुनै पनि निर्णय नगरेको बताए ।
यस्तै सरकारले अस्थायी एवं करार कर्मचारी हटाउने, भूमी आयोग खारेज गर्ने, जनताको बिजुलीको बिल सरकारले तिर्न नहुने लगायतका सरकारको निर्णयको उनले आलोचना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।