राहत वितरणमा जनप्रतिनिधिहरु आफन्तलाई प्राथमिकता दिएको आरोप लगाउदै कौडेनाका बाढी पीडितहरुद्वारा चक्काजाम सहित प्रदर्शन

0 Shares
सर्लाही, ३० असोज । सर्लाहीको कौडेना गाउँपालिकाका बाढी पीडितले राहत वितरणमा जनप्रतिनिधिले आफन्तलाई प्राथमिकता दिएको भन्दै हिजो देखि पूर्वपश्चिम हुलाकी सडकमा चक्काजामसहित प्रदर्शनमा उत्रिएका छन् ।
उनीहरूले वास्तविक पीडितलाई मात्र राहत सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
गएको असोज १८ को भारी वर्षापछि लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका–३, पर्सा टोल डुबानमा परेको थियो । गाउँपालिकामा विभिन्न गैरसरकारी संस्थाले राहत वितरण गरिरहे पनि पीडितहरूले अनियमितताको आरोप लगाए ।
बाढी पीडित विनोद मण्डल धानुकले जनप्रतिनिधिहरु नजिकका व्यक्ति र आफन्तहरुलाई राहतमा मोजमस्ती गरेको, तर वास्तविक पीडित भोक भोकै बस्नुपरेको गुनासो गरे । त्यही कारण महिला, बालबालिकासहितका पीडितहरुले हुलाकी राजमार्गमा चक्काजाम गर्न बाध्य बनेका छन् ।
बाढीले कौडेना, रामनगर र बलरासहितका क्षेत्र अतिप्रभावित बने । उक्त स्थानहरुमा विभिन्न संस्थाले राहत वितरण गरिरहेका छन् । गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु) ले राहत वितरणमा केही त्रुटि भएको हुनसक्ने स्वीकार गर्दै गैरसरकारी संस्थाको बदमासी भए कारबाही गर्ने बताए ।
उनले राहत वितरण गर्ने संस्थालाई कुनै पक्षपात नगरी वास्तविक पीडितलाई मात्र राहत दिन निर्देशन दिएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।