“रेवची ग्रुप नेपाल” द्वारा “ग्रीन मत्सरी–क्लिन मत्सरी” अभियानको शुभारम्भ

0 Shares
रौतहट, ८ कार्तिक । इच्छाशक्ति भए जस्तो सुकै असम्भवलाई सम्भव बनाउन सकिन्छ त्यसैको उदाहरण स्वरुप “रेवची ग्रुप नेपाल” द्वारा “ग्रीन मत्सरी–क्लिन मत्सरी” अभियान शनिवार देखि विधिवत रुपमा संचालनमा ल्याएका छन् ।
दुर्गा भगवती गाउँपालिका–३ मत्सरी शिक्षित गाउँको सुचीमा रहेपनि सरसफाईको दृष्टिकोर्णबाट निकै पछि परेको अवस्थामा “रेवची ग्रुप नेपाल” को आर्थिक सहयोगमा प्रत्येक शनिवार र मंगलवार सर सफाई अभियान संचालन गरेर “ग्रीन मत्सरी–क्लिन मत्सरी” बनाउने कार्यक्रमको विधिवत रुपमा संचालनमा ल्याएका हुन् ।
सातामा दुई चोटी फोहर संकलन गरेर डम्पींग साइटमा विसर्जन गर्ने अभियानको रुपमा “रेवची ग्रुप नेपाल” का फाउण्डर धर्मेन्द्रकुमार झा (राजाबाबु) को लक्ष्य आफनो गाउँलाई सफा एवं ग्रिन गाउँको रुपमा विकसित गराउने उद्देश्यका साथ लगानी गरी “ग्रीन मत्सरी–क्लिन मत्सरी” को सुखद कार्यको सुरुआत गराउदा निकै खुशी लागेको उनका दाजु प्रदीपकुमार झाले बताए ।
फोहरहरु यत्रतत्र नफाली बोरा या अन्य डषपिनमा घर अगाडी राख्नुपर्ने शनिवार र मंगलवार ट्रेक्टरका फोहरहरु राखेर गाउँभन्दा बाहिर डम्पींग साइटमा विसर्जन गरिने भएको हुँदा सम्पूर्ण गाउँवासीहरु अब देखि बाटोमा फोहर फाल्ने कार्य बन्द गरी सभ्य नागरिकको परिचय दिन उनले अपिल गरे ।
उक्त शुभारम्भ कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंह, वडाध्यक्ष डिके झा, रेवची ग्रुप नेपालका फाउण्डरहरु, समाजसेवी श्रीमन नारायण मिश्र, गोरखापत्र दैनिकका कार्यकारी सम्पादक एवं स्थानीय बासिन्दा कुमार विवेकानन्द मिश्र, समाजसेवी मनोज झा, खानेपानी विज्ञ इन्जिनियर विनय मिश्र, शिक्षक रमेश झा, कृष्णचन्द्र झा, कृष्णचन्द्र मिश्र, बब्लु झा, दिपेन्द्रकुमार झा, गेनालाल झा, रामभरोस झा सहित स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।