हाकिम भरत यादवको कमिशन मोहको शिकार बने श्रीवास्तव, कार्य सम्पन्न भएको महिनौं वितिसक्दा पनि भुक्तानीको लागि यत्रतत्र भौतारिदै सपलायर्स

0 Shares
रौतहट, १७ कार्तिक । कमिशन र आर्थिक अनियमितताको लागि बदनाम रहेका रौतहटको फतुवा विजयपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत यादवको कमिशन मोहको कारण महिनौं देखि सप्लायर्स पीडित बनेका छन् ।
फतुवा विजयपुर नगरपालिकाको विभिन्न स्थानहरुमा भेपट लाईट जडान र उर्जा कार्यक्रम अन्तर्गत सन्तपुर कब्रिस्तानमा टावर लाइट जडान कार्यक्रमको लागि बोलपत्रमा र कोटेशनमा काम सम्पन्न गरेको महिनौं वितिसक्दा हाल सम्म भुक्तानी हुन नसकेको पिडित सप्लायर्स ललितेश्वर श्रीवास्तवले दुखेसो पोखेका हुन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव संगको व्यक्तिगत चिनजानको आधारमा उनकै आग्रहमा दुई वटा काम गरे तर भुक्तानीको लागि यत्रतत्र धाउदा धाउदै थकित भईसक्दा पनि अहिले सम्म कुनै छाटकाट नदेखेपछि बाध्य भएर संचारमाध्यमहरुलाई गुहार्न बाध्य भएको श्रीवास्तवले बताए ।
फतुवा विजयपुर नगरपालिका लक्ष्मिनिया दोस्तियाको २०८१–०८२ को उर्जा कार्यक्रम अन्तर्गत सन्तपुरको कब्रिस्तानमा टावर लाइट जडान गर्नलागि गत फागुन १३ गते ९ लाख ९१ हजार ४५७ रुपैया ४८ भ्याट सहितको रकम कोटेशनमा लिएर कार्य सम्पन्न गरेर २०८१ चैत २८ गते भुक्तानीको लागि आवश्यक सम्पूर्ण कागजातहरु पेश गरिसकेको श्रीवास्तवले भने ।
नगरपालिकाले पुनः २०८१ चैत ३० गते भेपर लाईट जडान गर्नका लागि आह्वान गरेको बोलपत्रमा घटाघट प्रक्रिया अनुसार प्रेस्था ट्रेडर्स एण्ड सपलायर्स गौर ५ रौतहटले गत बैशाख १४ गते १९ लाख ९५ हजार ८८५ रुपैया १० पैसामा टेण्डर सकार गरेका थिए ।
उक्त टेण्डर सरकार गरेको आधारमा जेठ १८ गते धरौटी रकम राखेकै दिनमा नगरपालिकाले बैशाख १४ को निर्णय अनुसार असार १० गते भित्र कार्य सम्पन्न हुने गरी सम्झौता गरेको थियो । नगरपालिकाको शर्त अनुसार कार्य सम्पन्न गरेर भुक्तानीको लागि सम्पूर्ण कागजात सहितको फायल नगरपालिकामा पेश गरे ।
टेण्डर कार्य गरेवापत रकम लिन मलाई निमित्त हाकिम यादवले कलैया स्थित घरमा बोलायो । म कलैया पुगेपछि चेक तयार रहेको देखे तर हाकिमको सहि थिएन । मलाई शर्त अनुसारको ३० प्रतिशत कमिशनको रकम माग भयो । मलाई बोलाउनु भयो तर रकमको बारेमा केही भन्नु भएन, गाडीमा त्यत्रो रकम लिएर आएन, तपाई चेक किलियरिंगमा हालिदिनुस म चेकबाटै रकम भुक्तानी गरिदिन्छु भनेपछि मलाई चेक दिएनन् ।
कोटेशनको सम्पूर्ण फायल फिरोज नाम गरेको करारका इन्जिनियरले फाइल गायव गराएर चेक बनाउनबाट रोक लगाएपछि बाध्य भएर साउन ८ गते जिल्ला प्रशासन कार्यालय गौरमा भुक्तानी गराइदिनको लागि लिखित उजुरी समेत गरे ।
सोही दिन जिल्ला प्रशासन कार्यालय रौतहटले फतुवा विजयपुर नगरपालिकालाई पठाएको पत्रमा जनकपुर उपमहानगरपालिका ८ का ललितेश्वर श्रीवास्तवले दिएको निवेदन अनुसार आवश्यक कारवाही गर्नुहुन आदेशानुसार अनुरोध छ भनेर सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारीको हस्ताक्षर पत्र उक्त पालिकामा गएपनि आज कार्तिक महिनाको १८ गते भईसक्यो तर भुक्तानीको कुनै छाटकाट नदेख्दा बाध्य भई संचारकर्मीलाई गुहारेको श्रीवास्तवले बताए ।
त्यती मात्रै नभई जिन्सी फाँट प्रमुख हरेन्द्र यादवले खरिद दाखिला गर्नुपर्नेमा कागजातहरु लिएर दाखिला नगरेको र पछि जेनजी आन्दोलनको आडमा आन्तरिक साँठगाँठमा कार्यालयमा आगो लगाएर क्षति पुयाई कागजातहरु छैन भने मलाई उठिबास बनाउनमा हाकिम यादव, जिन्सी प्रमुख यादव सहितका व्यक्तिहरुको संलग्नता रहेको हुँदा उक्त कार्यको निष्पक्ष रुपमा छानविन गरेर यस्ता भ्रष्ट कर्मचारीहरु विरुद्ध कारवाही गर्न सम्बध निकायको ध्यानाकर्षण गराउनका लागि पनि संचार क्षेत्रलाई गुहार लगाएको पिडित श्रीवास्तवले आक्रोश पोखे ।
पिडित श्रीवास्तवले हाकिम यादवले मसंग रकम माग गरेको अडियो संवाद समेत रहेको हुँदा उक्त अडियो संवादको अंश तपाईहरु मार्फत सार्वजनिक गराएर त्यस्ता भ्रष्ट हाकीम यादवलाई कठोर भन्दा कठोर कारवाही गरेर मैले पाउनुपर्ने रकम यथाशिघ्र भुक्तानी गराइदिन अनुरोध समेत सम्बध निकाय संग अपिल गरे ।
यस विषयमा फतुवा विजयपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको ९८५५०४५८२० नम्वरको मोवाइलमा सम्पर्क गर्न खोज्दा फोन रिसिभ गरेनन् ।
फतुवा विजयपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत यादव र सपलायर्स ललितेश्वर श्रीवास्तव बीच भएको संवादको केही अंश । संवादको बाँकी अंश पार्ट २ मा सार्वजनिक हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।