शान्तिपूर्ण निर्वाचन र सुशासनका लागि प्रतिबद्ध रहन्छौः प्रमुख जिल्ला अधिकारी भुसाल

0 Shares
प्रेमचन्द्र झा
रौतहट, १९ कार्तिक । प्रमुख जिल्ला अधिकारीको हैसियतबाट रौतहट जिल्लाको कार्यभार सम्हालेका दिनेशसागर भुसालको प्रमुख उद्देश्य नै शान्ति सुरक्षा, सुशासन र निर्वाचन लक्ष्ति कार्यक्रमलाई पूर्ण निष्ठाका साथ सम्पन्न गराउन रौतहट आएको बताए ।
जिल्ला प्रशासन कार्यालय गौरमा बुधवार भएको पत्रकारसंगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शान्ति र शालिनता पूर्वक प्रशासन सञ्चालन गर्ने तथा सुशासनका आधारमा काम गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
उनले सीमा क्षेत्रबाट चुहावट नियन्त्रण, राजस्व छली रोकथाम र प्रशासनिक पारदर्शिता कायम गर्न इमान्दारीपूर्वक प्रयास गर्ने पनि प्रतिवद्धता जनाए ।
भुसालका अनुसार सुशासन प्रवद्र्धनका लागि अधिकार जसको हो, त्यसले नै जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने आवश्यकता छ । उनले भने, “स्थानीय तहदेखि केन्द्रसम्म कानुन अनुसार अधिकार प्रयोग हुनुपर्छ, तब मात्र सुशासन सम्भव हुन्छ ।”
प्रेस स्वतन्त्रताको महत्वलाई जोड दिँदै सीडीओ भुसालले विचार अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गरे । “प्रेस स्वतन्त्रता सुनिश्चित गर्नु राज्यको दायित्व हो । तथ्यमा आधारित पत्रकारिता समाज रुपान्तरणको मूल शक्ति हो,” उनले भने ।
चुरे संकट समाधानका सवालमा उनले एकीकृत जिम्मेवारीको अभाव र नियन्त्रण संयन्त्र (कन्ट्रोल मेकानिजम) नहुँदा समस्या गहिरिँदै गएको बताए । “राजस्व छलीको कहालीलाग्दो अवस्था देखिन्छ, त्यसलाई नियन्त्रण गर्न सबै निकायको समन्वय आवश्यक छ,” उनले जोड दिए ।
भुसालले आगामी दिनमा कानुनी व्यवस्थाअनुसार, पारदर्शिता र जवाफदेहिता मार्फत प्रशासनिक सुधारमा जोड दिइने बताए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारी,  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन कार्की, सशस्त्र प्रहरी उपरीक्षक  रामहरि अधिकारी सहितका सुरक्षा अधिकारी तथा नेपाल पत्रकार महासंध रौतहटका अध्यक्ष सन्जय कुमार कार्की सहितका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।