जागिरको प्रलोभन देखाएर अनलाईन ठगी गर्ने एक भारतीय सहित तीन जना पक्राउ

0 Shares
रौतहट, २१ कार्तिक । विभिन्न प्रलोभन देखाएर अनलाईनको माध्यमबाट ठगी गर्ने गिरोहका एक भारतीय सहित तीन जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन् ।
प्रहरीको केन्द्रीय साइवर ब्यूरोबाट खटिएका टोलीले अनलाईन ठगी गर्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नपा–११ का राजन गिरी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–८ का मिना लकान्द्री र भारत विहारका आदित्य कुमारलाई ठमेल क्षेत्रको छाँया सेन्टरबाट पक्राउ गरेका हुन् ।
फेसबुकमा विभिन्न बैंकको विज्ञापन देखाएर बोनस प्राप्त गर्न सर्भे लिंकमा क्लीक गन भन्दै अनलाईन मार्फत जागिरको प्रलोभन देखाएर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको बताइएको छ ।
विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको साइबर ब्यूरोका एसपी एवं प्रवक्ता दीपक राज अवस्थीले बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको हो ।
उनीहरूले पठाएको लिंक क्लीक गरेपछि बैंक खाताको रकम अन्य खातामा ट्रान्सफर हुने गरेको साइबर ब्युरोका एसपी अवस्थीले बताए । ‘बोनस प्राप्त गर्न भनेर लिंक पठाउने, त्यो लिंकमा क्लीक गरेपछि पीडितको रकम आफ्नो खातामा यो गिरोहले ल्याउने गरेको देखियो’ एसपी अवस्थीले भने ।
स्मरण रहोस, सामाजिक संजाल फेसबुकमा यस्ता अनलाईन गेम वा जागिरको लागि आकर्षक विज्ञापन देख्नु भएमा झुक्किएर पनि क्लीक नगर्नु होला अन्याथा तपाईको अकाउण्टमा भएभरका रकम ति ठगहरु आफनो खातामा सजिलै ट्रान्सफर गर्न सक्ने भएकोमा सचेत रहनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।