वरिष्ठ नेता आफताव आलमको निधन भएकोमा राजपुर, परोहा, इशनाथ र बौधिमाई नगरपालिकामा शोक विदा

0 Shares
रौतहट, २३ कार्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व मन्त्री मोहम्मद आफताव आलमको निधन भएकोमा शोक व्यक्त गरेर रौतहटको चार वटा स्थानीय तहमा आज आईतवार सार्वजनिक विदा दिईएका छन् ।
शेरे रौतहटको नामबाट प्रख्यात रहेका नेपाली काँग्रेसका जुझारु नेता आलमको निधन भएपछि राजपुर, परोहा, इशनाथ र बौधिमाई नगरपालिकाले छुटाछुटै शोक व्यक्त गरेर उक्त पालिकामा आज सार्वजनिक विदा दिइएका हुन् ।
नेता आलम राजपुर बम विस्फोट काण्डमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाई पाएर नख्खु कारागारबाट जेठ १४ गते मुक्त भएको केही दिनमै उनी ब्रेन स्ट्रोकको शिकार भई अन्नपूर्ण न्यूरो हस्पिटल हुदै नयाँ दिल्लीको मेधान्ता अस्पताल पश्चात केएमसी काठमाडौंको भेण्टिलेरमा अन्तिम सास लिई यो संसारबाट सधैको लागि विदा भए ।
राजपुर नगरपालिका कार्यालय तथा मातहतका सबै कार्यालय बन्द रहने गरी शोक बिदा जारी गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी दिए ।
पत्रमा भनिएको छ, “यस राजपुर नगरपालिकाको नगर प्रमुख डा. मोहम्मद राजीक आलमज्यूको बुवा आदरणीय मोहम्मद अफताब आलमज्यूको असामयिक निधन प्रति नगरपालिका परिवार गहिरो शोक संवेदना व्यक्त गर्दै शोक बिदा दिइएको ब्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।”
यस्तै परोहा नगरपालिकाले पनि आलमको निधनप्रति दुःख व्यक्त गर्दै आज शोक बिदा घोषणा गरेको छ । अस्पतालको आकस्मिक सेवाबाहेक सबै कार्यालय तथा शैक्षिक संस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले बताए । पत्रमा उल्लेख छ, “कार्तिक २२ गते शनिवारका दिन रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का पूर्व साँसद एवम् पूर्व मन्त्री मोहम्मद आफताव आलमज्यूको असामयिक निधन भएको हुँदा शोकाकूल परिवारकालाई धैर्य धारण गर्ने क्षमता ईश्वरले प्रदान गरून कामाना गर्दै शोक बिदा दिइएको छ ।
ईशनाथ नगरपालिकाले पनि नगर प्रमुखको आदेशअनुसार आज शोक बिदा दिएको नगरपालिका अधिकृत सातौँ इसराजुल खाँले जानकारी दिए । “आलमको निधनप्रति शोक व्यक्त गर्दै नगरपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालयमा शोक बिदा दिइएको,” उनले बताए । बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले स्वर्गीय नेता आलमको चिरशान्तिको कामना गर्दै आज पालिकाभरीमा आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेर शोक विदा दिइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।