मौलापुरको वडाध्यक्ष कोइरीद्वारा पीडित बनाइएका परिवारले जिल्ला प्रहरी कार्यालयको मुलगेटमा धर्ना

0 Shares
रौतहट, २६ कार्तिक । झट् हेर्दा भडभाड छ, कहिल्यै भिडभाड हुने नदिने स्थानमा भिड छ, पर एम्बुलेन्स पनि खडा छ, मानिसको भिड चारै तिरबाट घेरिएको छ, के भाको होला ? भन्ने कौतुहल्तामा गनधन मन्थन गर्दै त्यहाँ पुग्दा खेरी दृष्य एकदमै भयाभय देखियो, बालक जस्तै देखिने एक किशोर मुख खोलेकै खोलेछन् पिडाले छटपटि रहेका छन्, आमा र काकी रोइरहेका छन्, उनीहरु कहिकतै सिप नलागेपछि न्यायको लागि प्रहरीलाई गुहार्न जिल्ला प्रहरी कार्यालय गौरको गेटमा बसेका छन् ।
गत असार ६ गते मौलापुर नगरपालिका–३ का गम्हरियाका वडाध्यक्ष महेश महतो कोइरीले स्थानीय १६ बर्षीय किशोर निजर कुशवाहालाई मोटरसाइकलबाट ठक्कर दिदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएपछि स्थानीयहरु र इलाका प्रहरी कार्यालय मौलापुरले पहिला उपचार गराउनु पछि मुद्दा गर्ने कि सहमती गर्ने भनेपछि नेशनल मेडिकल कलजे विरगञ्जमा उपचार गराउदै गर्दा अवस्था खराव हुन थालेपछि हेलिकप्टर चार्टर गरी न्यूरो अस्पताल बासबारीमा उपचार गराईयो । लामो समय देखि उपचार गराउन ५ कत्ठा जग्गा विक्री गरेर लगाएर तर निको हुन सकेनन । अस्पतालमा तिर्ने पैसा नभएपछि वडाध्यक्ष कोइरीलाई पटक पटक भन्दा समेत खर्च समेत उपलब्ध नगराएको पिडित किशोरको आमा समुन देवी कुशवाहाले बताइन् ।
इलाका प्रहरी मौलापुरमा जाँदा समेत उल्टै आफूहरुलाई गाली गरेर धपाइदिएपछि मेरो छोरालाई यही राखिदिन्छु भन्दै आमाले आक्रोश पोखिन । वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले उपचार खर्च समेत नदिने उल्टै उसलाई प्रहरीले सघाइरहदा हामी कहाँ जाँउ न्याय माग्न बाध्य भएर यहाँ आएको बताइन् ।
सो घटनामा वडाध्यक्ष कोइरी विरुद्ध इलाका प्रहरी कार्यालय मौलापुरमा मुद्दा दर्ता गर्न नमानेपछि  पीडित पक्षले न्यायको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका छन् ।
आन्दोलनमा सहभागी स्थानीयवासीहरूले “पीडितलाई न्याय देऊ” भन्दै नाराबाजी गरेका थिए । उनीहरूले वडाध्यक्ष कोइरीमाथि कानूनी कारबाही गर्न, पीडितको उपचार खर्च तत्काल उपलब्ध गराउन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
आन्दोलनमा कुशवहा परिवारका सदस्य, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
यस विषयमा जिल्ला प्रहरीक कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदिप वस्यालले दुर्घटनामा परेर किशोरको शरिर नचल्ने अवस्थामा रहेको भएपनि पिडकबाट उपचार खर्च दिलाई पिडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।