शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मौलापुरले गरिरहेको उदहरणिय कार्य अन्य पालिकाले समेत लागु गर्न आवश्यकः प्रभु साह

0 Shares
रौतहट, २९ कार्तिक । रौतहटको मौलापुर नगरपालिका–७ पिपरियामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवनको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले उदघाटन गरेका छन् ।
सुविधा सम्पन्न आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं. ३ का पूर्वसांसद समेत रहेका साहले मौलापुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा गरेको उदाहरणिय कामको प्रशंसा गरे ।
मौलापुर नगरपालिका शासक मात्र होइन, सेवकको काम गरिरहेको छ । नगरप्रहरी होइन, नगर शिक्षक, स्वास्थ्यकर्मी राखेर यहाँको नागरिकहरुलाई सेवा प्रदान गरिरहेको बताउदै अध्यक्ष साहले यस्ता सराहनिय कार्य अन्य पालिकाले समेत कार्यान्वयन ल्याउनु पर्नेमा जोड दिए ।
पूर्वमन्त्री समेत रहेका साहले भने, ‘जनताको मन जितेको मौलापुर नगरपालिकाले अगामी दिनमा पनि यस्तै सेवालाई निरन्तरता दिदै जनताको आवश्यक्ता, चाहना अनुसार अगाडी बढोस, मेरो शुभकामना छ ।’
नगरपालिकाले शुन्य कर नीति, बिजुली, खानेपानी निशुल्क एवं विद्यार्थीलाई दिदै आएको विभिन्न सुविधा लगायतकाबाट मधेसमा मात्रै नभई नेपालमै एक चर्चित र उदहरणिय नगरपालिकाको रुपमा मौलापुर स्थापित भएकोमा खुशी व्यक्त गरे । जनताको मन जितेर राम्रा काम गरिरहेकी मेयर रिना साह सहित यहाँका जनप्रतिनिधि लगायत सबैमा उनले धन्यवाद ज्ञापन गरे ।
नगरपालिकाद्वारा निर्मित सुविधा सम्पन्न भवन सहितको उक्त स्वास्थ्य केन्द्रबाट यस क्षेत्रको आम नागरिकले पुरै लाभान्वित हुने विश्वास साहले व्यक्त गरे । साथै आउँने दिनमा यस स्वास्थ्य केन्द्रबाट थप सेवा विस्तार गर्ने उदेश्यका साथ भव्य भवन निर्माण गरिएको समेत उनले बताए ।  २ करोड ५० लाखमा जग्गा सहित भव्यभवन निर्माण गरेर आउँने दिनमा बर्थिङ सेन्टर समेत सञ्चालन गर्न सकिने गरी भवन निर्माण गरिएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए । नेपाल सरकारको मापदण्ड अनुसार अहिले यस सेवा केन्द्रबाट प्राथमिक सेवा प्रदान गर्ने काम भइरहेको उनले जानकारी दिए ।
अहिले मौलापुर नगरपालिकामा आधारभूत स्वास्थय सेवा केन्द्र २, स्वास्थय चौकी ३ र प्राथमिक स्वास्थय केन्द्र १ वटाबाट नगरबासीलाई स्वास्थय सेवा दिइरहेको छ ।
मौलापुर नगरपालिकाका मेयर रिना साहको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधि, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।