जेन–जी आन्दोलनका हत्याराहरूलाई कारबाही नगरे सुशीला कार्कीलाई जनताले सडकमा घिसार्छन्ः प्रभु साह

0 Shares
बारा, ३० कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले एमालेको कारण मधेश अशान्त बनेको भन्दै तमाशा बन्द गर्न एमालेलाई चेतावनी दिएका छन् ।
एमालेले देशलाई सुनियोजित तवरले अस्थिरता र असुरक्षित बनाउने प्रयत्न गरेको भन्दै जनस्तरबाटै प्रतिकार गरिनुपर्ने साहले चेतावनी दिएका हुन् । मुख्यमन्त्री जस्तो पदको असंवैधानिक तवरले भएको नियुक्तीमा एमालेले आफ्नो कोटामा नियुक्त भएकी प्रदेश प्रमुखलाई दुरूपयोग गरी डान्सबारमा शपथ खुवाउने काम गराएर सिंगो मधेशको नै बदनाम गराएको उनको गम्भीर आरोप लगाए ।
बाराको जितपुरसिमरा स्थित इच्छा होटेलमा आज (आईतबार) पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेकै कारण देश एकपछि अर्को अप्ठ्यारो अवस्थामा परेको भन्दै अब जनस्तरबाटै प्रतिकार गरिनुपर्ने बताए ।
गलत संविधान र व्यवस्थाको कारण नै आज देशको अवस्था नाजकु बनेको र एकपछि अर्को गरेर देश संकटको भूमरीमा परेको उनको दाबी छ ।
उनले भने, ‘मैले यो संविधानले देशलाई निकास दिदैन भनेको छु, मधेश प्रदेशमा देखिहाल्नु भयो, यही संविधानको कारण आज तमाशा भइरहेको छ । यस्तो  संविधान नफालेसम्म यस्तो तमाशा दोहोरिरहन्छ ।’ साहले देशलाई निकास दिनको लागि अहिलेको संविधान खारेज नगरी नहुने मत राखे । अन्तरिम संविधान र नयाँ सरकारबाट नै मुलुकको अहिलेको समस्याको हल हुने उनको दाबी छ ।
जेन–जी आन्दोलनमा बर्बरता अपनाउने र दमन गर्नेहरुलाई अहिलेसम्म बयान समेत नलिएकोमा सरकारसमक्ष साहले प्रश्न उठाए । भदौ २३ गते कलिला युवाहरुलाई छाति र टाउकोमा ताकि ताकि गोली हानेर हत्या गर्नेहरुले अहिलेपनि ठूलो कुरा गर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई सरकारले अनुसन्धानको दायरामा ल्याउन नसक्नु नालायकीपन भएको साहको आरोप छ ।
उनले भने, ‘यो जेनजीहरुको बलिदानीको जगमा बनेको सरकार हो, अहिले सम्म यसले युवाहरुको हत्यारालाई कारबाही गर्न सकेको छैन । दुई महिना व्यतित भइसक्यो, तर सरकार चुनावको मात्रै रटान लगाउँछ, उल्टै आन्दोलनकारीलाई धरपकड गरिराखेको छ, दिनदाहाडै कलिला युवा विद्यार्थीहरुलाई ताकि ताकि गोली हानेर हत्या गर्नेहरुलाई बयान समेत लिन सकेको छैन, यस्तो हुतिहारा सरकार, लुते मन्त्रीहरुले देशमा के को चुनाव गराउन सक्छन् ?’ उनले सरकारमा सहभागी मन्त्रीहरुले जेनजी आन्दोलनको बलिदानीमाथि गम्भीर धोका दिएको र उनीहरु आफ्नो व्यक्तिगत दुनो सोझ्याउने काममा तल्लिन रहेको र विदेश शयरमा व्यस्त रहेको भन्दै अब जनताले मन्त्रीहरुलाई नै जनकारबाही गर्ने दिन आउने सम्मको चेतावनी दिए ।
प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनामाथि प्रहार गरेको आरोप लगाए । उनले प्रधानमन्त्री र मन्त्रीहरु कर्मकाण्डी भएको र विशेष परिस्थितिको सरकार हो भन्ने कुराको एक रत्तिपनि ख्याल नराखेको टिप्पणी गरे । उनले भने, ‘यो सरकार कसले बनाएको हो ? जेन–जी आन्दोलनमा युवाहरुको बलिदानीको जगमा बनेको होईन, अहिलेसम्म कति जनालाई कारबाही भयो त ? हत्या गर्नेहरुलाई पहिला अनुसन्धान गर्नुपर्दैन ? बयान लिनुपर्दैन् ? दिनदाहाडै गोली हानिएको छ, ती कुर्सीमा बस्ने त्यतिवेलाका प्रधानमन्त्री र गृहमन्त्री लगायतलाई तत्काल पक्राउ गर्नुपर्दैन ?’ सुशीला सरकारले चुनावको मात्रै रटान लगाईरहे जनताले अर्को विद्रोह गरेर यिनीहरुलाई नै सडकमा घिसार्ने दिन नआउला भन्न नसकिने भनेर साहले चेतावनी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन दिन्न भनेर गुण्डुमा बसेर अहिलेको सरकारमाथि धावा बोलेकोमा पनि साहले आपत्ति जनाए । अब एमालेजनले पनि नेतृत्वको गलत रवैयाबारे गम्भीर ढंगले सोच्नुपर्ने सुझाव दिए । जेनजी विद्रोहपछि भागेर ज्यान बचाएका ओलीहरुले लोकतन्त्रमाथि नै धावा बोलिरहेकोले यसले सिंगो एमालेलाई नै हानी पुर्याउने साहको भनाई छ । ओलीको अपराध ढाकछोपको लागि एमालेले सिंगो शक्ति दुरूपयोग र दाउमा लगाउन नहुने उनको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।