रौतहटको मुख्य नाका सहित विभिन्न चोर नाकाहरुबाट भईरहेका तस्करीको रामकहानी ।
रौतहट, २ मंसिर । राजस्व चुहावट, अनियमितता, भ्रष्टाचार लगायतका बेथितीहरु अन्त्यका लागि जेन–जी पुस्ताले हालै आन्दोलन मार्फत मुलुकमा आमुल परिवर्तन गरेपनि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको आचरणमा परिवर्तन आउन नसकेको कारण रौतहटको सीमानाकाहरुबाट व्यापक रुपमा तस्करी फस्टाउदै गएका छन् ।
सीमानाकाहरुबाट अबैध रुपमा भित्रयाउने र पारी तर्फ हुने तस्करी कार्यलाई सशस्त्र प्रहरीको प्रस्तावित गुल्म गौरका गुल्मपति र तिनका मातहतमा रहेका पाँच वटा बोर्डर आउट पोष्ट (विओपी) इन्चार्जको इजाजतको कारण तस्करी कार्य न्यूनिकरणको साटो फस्टाउदै गएका हुन् ।
भारत संग रौतहटको जोडिएका ३२ किलोमिटरको सीमाक्षेत्रमा प्रस्तावित गुल्म सहित पाँच वटा विओपीहरु छ र करिव एक दर्जन स्थानमा प्रहरीका युनिटहरु रहेपनि तस्करी कार्य नियन्त्रणको कुरा छाडौं न्यूनिकरण गर्न सक्ने आँट भएपनि लक्ष्मिकान्तमै पल्किदा तसकरी कार्यले निरन्तरता पाएका छन् ।
सशस्त्र प्रहरीको लक्ष्मिपुर बेलविछवा, प्रस्तावीत गुल्म गौर, औरैया, रामपुरखाप, बंकुल तथा बेस फतुवा तथा नेपाल प्रहरीको बेलविछवा, गौर, महादेवपटी, बन्जरहा, औरैया, मठिया, जयनगर, कोपवा, नरकटिया, बंकुल, राजपुर, लौकाहा सहितका प्रहरी युनिटहरु भएपनि तस्करी कार्य चरम सिमामा जारी छन् किन भने तिन युनिटका इन्चार्ज तथा विओपीपतिहरु अनाधिकृत रुपमा कार्यलाई निरन्तरता दिनमा नै आफनो कत्र्तव्य ठान्न उपयुक्त सम्झिन्छन् ।
मुख्य नाका गौर सहित पूर्व पश्चिमका सबै नाकाहरुबाट अहिले निर्वाध रुपमा रेडिमेट कपडा, साडी, चप्पल जुत्ता, खाद्यान्न सामग्री देखि लिएर स्पेयर पाट्र्स सम्म, सुख्खा देखि लिएर सुर्ती सम्म, मानविय जीवन संग जोडिएका सम्पूर्ण सामानहरुको राति र दिउसोको समयमा तस्करी कार्य ठूलो परिमाणमा जारी रहेको एक तस्कर श्रोतले नै तराई टप लाई बताए ।
नेपालबाट भारत तर्फ ठूलो परिमाणमा मदिरा, विदेशी मकैं, कालो मरिच, सुकमेल, नेपाल लिभरले उत्पादन गर्ने कष्मेटिक सामानहरुको जाने गरेको छ । गिटी देखि बालुवा सम्म तथा गाई गोरु भारत तर्फ जाने गरेको तथा रामपुर खाप र औरैया क्षेत्र भएर नेपालमा भैंसी राँगा, पाडा सहित खसीबोकाको तस्करी ठूलो परिमाणमा भईरहको ति श्रोतले दाबी गरे ।
अहिले खेति किसानी गर्नेहरुको लागि नेपाल सरकारले विऊविजन, रासायनिक मल, गहुँ तथा मकैको विऊ तथा किटनाशक औषधीको व्यवस्थापन नगर्दा उक्त सामानहरुको पनि अत्याधिक रुपमा तस्करी कार्य रौतहट जिल्लामा मौलाउदै गएपनि नियमनकारी निकाय सेटिङमै रमाउदा नेपाल सरकारको लक्ष्ति राजस्व समेत प्रभावित भइरहेपनि सम्बध निकाय उदाशिन रहेको पाइएका छन् ।
इशनाथ नगरपालिकाको बन्जरहा, औरैया, मठिया, महुलिया, खाप, परोहा नगरपालिकाको नरकटिया, जयनगर, बौधीमाईको बंकुल, छोटका बंकुल, राजदेवीको लक्ष्मिपुर, बेलविछवा, ब्रम्हपुरी र मुख्य नाका गौर भएर राजस्व छलीका दैनिक उपभोग्यका किराना सामान, कपडा, सुर्ती, स्पेयर पार्टस, कष्मेटिक सामान, चप्पल, जुत्ता, कुखुरा, कुखुराको चल्ला लगायतका विभिन्न सामानहर भारतीय बजारबाट नेपाल भित्रयाई नेपाल सरकारको राजस्व संकलनमा प्रतिकुल असर सीमा क्षेत्रका युनिट इन्चार्जहरुले पुर्याउदै आएका हुन् ।
“सुरक्षा प्रमुखहरु देखावटी रुपमा सेटमा निर्देशन दिदै गरेको देखिएपनि व्यवहारिक रुपमा त्यसो नभई तस्करी गराउनमा सिमित रहेको पाइएको छ ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले तस्करी कार्य नियन्त्रणको लागि हरपल हामी सुरक्षाकर्मीहरु परिचालन गरेका छौं, थुप्रै सामानहरु समातेको दाबी गर्दछन् । संचारकर्मीहरु संगका भेटमा राजस्व चुहावट हुन दिन्नौं जस्ता आदर्शवादी कुरा गरेपनि तस्करी न्यूनिकरण हुन सकेका छैनन ।
तस्करी भईरहेको क्षेत्रमा तराई टप ले गरेको रिपोटिंगको क्रममा गुल्मपति, विओपति वा प्रहरी युनिटहरु चाल पाएपछि फोन गरेर तपाई संग भेट्नु छ, आउनुस चिया खानुस, यहाँ केही छैन, सबै काम बन्द छ, एक चोटी विचार गरिदिनुस जस्ता चिल्ला एवं फकाउने खालको कुरा गरेर सामसुम पार्न कोशिश गर्ने गर्दछन् तर तराई टप अनलाइनले त्यस्ता कुनैपनि विओपी पति वा गुल्मपति तथा संगठित तस्करको प्रभावमा नपरेर जस्ताको त्यस्तै समाचार पस्केको छ ।
आशा छ तपाईहरुको गाउँघरको बाटो भएर भईरहेका यस्ता अबैधानिक कार्यको तस्वीर र भिडियो बनाएर तराई टप लाई उपलब्ध गराई गोरखधन्धाको पर्दाफास गराई नेपाल सरकारको राजस्व वृद्धि गराउनमा सहयोग गर्ने अभियानमा जुटौं ।