आलम इटा उद्योग तस्करीको अखाडा बन्दै, सेटिंगमा अखरोट, लहसुन, स्याऊ र फर्सीको विऊको व्यापक तस्करी

0 Shares
आलम इटा उद्योगमा तस्करीका सामानहरु लोड भएका ट्रक
रौतहट, ६ मंसिर । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिंगमा राजपुर भएर ठूलो परिमाणमा अखरोट, चाइनीज लहसुन, चाइनिज स्याऊ र फर्सीको विऊ भारत तर्फ व्यापक रुपमा तस्करी भईरहेका छन् ।
अखरोट, चाइनीज लहसुन, चाइनीज स्याऊ र फर्सीको विऊ ट्रकबाट राजपुर नगरपालिका स्थित आलम इटा उद्योगमा अनलोड भएर महुलिया, मठिया, खाप नाका भएर भारत तर्फ व्यापक रुपमा तस्करी भईरहेका हुन् ।
तथा उक्त रुट भएर केराउ, काजु, किसमिस, जिरा, स्पेयर पार्ट, चिनी, मल, कपडा सहित किराना खुद्रा सामानहरु भारतबाट ट्रक्टर र मोटरसाइकलबाट राजपुरमा ओसारी मिश्रीलालको घरमा पिकअपबाट विभिन्न स्थानमा पुर्याउने गरिएको श्रोतले दाबी गर्दै नेपालबाट १५ देखि २० वटा मोटरसाइकलमा राखेर भारत तर्फ पठाउने कार्य निर्वाध रुपमा जारी रहेका छन् ।
उक्त कार्यमा संलग्न खुर्सेद आलम, बरखत अलि, मिश्रीलाल साह र सुनिल जयसवालले मुख्य रुपमा युनिट देखि लिएर माथिल्लो तह संग सेटिंग मिलाएर कारोवारलाई जारी राखेको श्रोको दाबी छ ।
श्रोतका अनुसार उक्त कार्यमा नेपाल प्रहरीले परिचालन गरेका सिविल घुमुवा प्रहरी हबलदार राजु साह, सहायक हबलदार नविन पाल नेपाल प्रहरी तर्फ सेटिंग मिलाएको तथा सशस्त्र तर्फ रामपुर खाप बेसका प्रमुख मन्दिरा सुवाल र प्रस्तावित गुल्म गौरका गुल्मपति डिएसपी गाण्डिव राज स्याँगतांगको मिलोमतोमा अबैध कारोवारी जारी रहेको हो ।
नेपाल प्रहरीका सिविल घुमुवाद्वय साह र पालको दरबन्दी १ नम्वर गण काठमाडौंमा भएपनि काजमा जिल्ला प्रहरी कार्यालय गौरमा रहेर यस्तै अनैतिक कार्यको सेटिंगको लागि राखिएको बताइएको छ ।
राजपुर चोक देखि लिएर सीमावर्ती क्षेत्र सम्ममा यी तस्करी कार्य गर्ने कारोवारीहरु मानिसहरु राखेर रेकी गराउने गरेको । कुनै अपरिचित व्यक्ति आएमा खवर गर्ने गरेको ति श्रोतले समते दावी गरेका छन् ।
तस्करीका विषयमा जति पटक जिम्मेवार सुरक्षा पदाधिकारीहरु संग कुरा हुँदा हामी अति नै गम्भिर छौं, २४ औं घण्टा डिउटी गरेर सुक्ष्म निगरानी राखिरहेको दाबी गर्दछन् तर व्यवहारमा निकै फरक रहेका पाइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।