अर्काकी श्रीमतीलाई भगाएर धनधरम लिने वडासदस्य सतलाल प्रहरी फन्दामा

0 Shares
रौतहट, ६ मंसिर । अर्काकी श्रीमतीलाई भगाएर धनधरम लिने वडा सदस्य सतलाल दास अन्ततः पक्राउ परेका छन् ।
रौतहटको कटहरिया नगरपालिका–१ बाट वडा सदस्य पदमा निर्वाचित भएका दास तीन सन्तानकी आमालाई भगाएर फरार लगेको समाचार सार्वजनिक भएपछि प्रहरीले शुक्रवार गौरबाट पक्राउ गर्न सफल भएका हुन् ।
विभिन्न विकास कार्यमा प्रयोग गर्न उपभोक्ता समितिको सचिव बनाइ आफ्नै वडाकी विवाहित दलित महिलालाई ललाइ–फकाइ प्रेम जालमा पारेर भगाएर लगेको गम्भीर आरोप निर्वाचित जनप्रतिनिधि दासमाथि लागेको छ ।
चार छोराछोरीका बुवा रहेका दासले तीन सन्तानकी आमासँग ‘सम्बन्ध’ बढाउँदै घरदेखि पैसा, सुनचाँदी र जग्गा सम्म लिएको पीडित परिवारको गम्भीर आरोप  छ । दासले धन र धर्म दुबै लिएर समाजलाई विगार्ने कार्य गरेको छ ।
उक्त घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म तातेको माहोललाई लिएर जातीय संगठन ‘राष्ट्रिय तत्मा समाज’ समेत सक्रिय बने । समाजका पूर्व अध्यक्ष राजकुमार दास, महासचिव शंकर दास तत्मा, सल्लाहकार मदन दास लगायतको टोली बिहीबार पीडित परिवार, स्थानीय अगुवासँग निरन्तर छलफल गरेका थिए ।
पीडित महिलाका बुबाका अनुसार, २०७२ सालमा विवाह भएकी छोरीलाई वडा सदस्य दासले उपभोक्ता समितिको सचिव बनाएपछि दुवैबीच ‘नजदिकी’ बढ्दै गएको थियो । विदेशमा रहेका छोरीका श्रीमान कृष्णनन्दन दासले पठाइएका करिब १२ लाख रुपैयाँ, करिब ३ लाख बराबरका सुनचाँदीको गहना समेत वडा सदस्यले लिएको आरोप छ ।
छोरीको नाउँमा रहेको पाँच कठ्ठा जग्गा समेत दासले धरौटी राखेर पैसा निकालेको महिलाको बुबाले बताए । परिवारका अनुसार महिलाले पछिल्ला महिनामा तीन साना छोरालाई घरमै छोडेर बाराको निजगढमा दाससँगै भाडाको कोठामा बस्दै आएकी थिइन् ।
स्थानीयहरु निकै खोजबिनपछि दुवै एकै कोठाबाट भेटिए पछि बारा प्रहरीले ईलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो । सोहिदिन कटहरियाका मेयर अजय प्रकाश जैसवालको पहलमा दुवैजना लाई जिम्मा जमानीमा छोडिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी विष्णु प्रदीप बस्यालले विदेशबाट पठाएको रकम, गहना र जग्गा सम्बन्धी प्रमाण पेश भएमा दासविरुद्ध कानुनी कारबाही र क्षतिपूर्ति तिनुपर्ने बताए ।
उता महिलाले आफू घरमा शारीरिक–मानसिक हिंसा सहन बाध्य भएकाले ‘सुरक्षाका कारण’ घर छाडेको बताइरहेकी छन् ।
दासको क्रियाकलापबाट सात बालबालिकाको भविष्य अन्धकारमय मात्र होइन, विदेशमा रोजगारीमा रहेका युवाहरूले कसको खातामा पैसा पठाउने भन्ने विषयमा गम्भीर बहस उठाइदिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ परेका वडा सदस्य दासलाई नियन्त्रणमा लिएर घटना बारे आवशयक अनुसन्धान गरिरहेको डिएसपी बस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।