स्वचालित पेस्तोल, गोलीगट्ठा, म्याग्जिन, खुकुरी सहित हेटौडाका २२ बर्षीय युवकलाई चन्द्रपुरमा सशस्त्र प्रहरीद्वारा पक्राउ

0 Shares
रौतहटको चन्द्रपुरमा शनिवार दिउसो ३.३० बजे स्वचालित हतियार सहित पक्राउ परेका मकवानपुरका युवकलाई सशस्त्र प्रहरी सुरक्षा बेस सन्तपुरमा सार्वजनिक गर्दै सशस्त्र प्रहरी ।
रौतहट, ६ मंसिर । सशस्त्र प्रहरीले रौतहटको गौर चन्द्रपुर सडक खण्डको देउराली चोकबाट अत्याधुनिक अबैध पेस्तोल, म्याग्जीन, गोली तथा विभिन्न कागजात सहित मकवानपुरको युवकलाई नियन्त्रणमा लिएका छन् ।
सशस्त्र प्रहरी बल नम्वर ११ गण रौतहटले उपलब्ध गराएका जानकारी अनुसार शनिवार दिउसो ३.३० बजेको समयमा चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रपुर गौर सडकखण्डको देउराली चोकमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी घर भएका गुणबहादुर आचार्यको २२ बर्षीय छोरा सुमन आचार्यलाई मेड इन इटाली लेखिएको ब्रेरेटा पेस्तोल १ थान, सोमा लाग्ने म्याग्जिन १ थान, ब्राउनिंग पेस्तोल १ थान, म्याग्जिन एक थान, १३ राउण्ड गोली, खुकुरी १ थान, मोवाइल, एटिएम कार्ड  सहित विभिन्न कागजात सहित नियन्त्रणमा लिन सफल भएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल इन्टलिजेन्स व्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट डिएसपी राजेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिएका सशस्त्र प्रहरीले देउराली चोकमा पैदल हिडिरहेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्दा उक्त सफलता प्राप्त भएको सशस्त्र प्रहरी बल नम्वर ११ गण रौतहटका एसपी रामहरी अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार युवक आचार्यले बोकेको रातो रंगको झोला खोलेर हेर्दा झोला भित्र अत्याधुनिक हतियार, गोली गट्ठा, खुकुरी सहित फेला परेपछि निजलाई पक्राउ गरेको छ । पक्राउ परेका युवक आचार्यलाई आवश्यक अनुसन्धान गर्नका लागि नेपाल प्रहरीलाई बुझाउने प्रकियामा जारी रहेको उनले बताए ।
अबैध रुपमा लिएर हिडिरहेका स्वचालित हतियार कुन प्रयोजन एवं कसका लागि लिएर आएको हो भने अनुसन्धान पश्चात खुल्ने एसपी अधिकारीले तराई टप संग भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।