बम नहरमा भएको त्रिपक्षिय ठक्करमा ७ जना घाइते

0 Shares
रौतहट, १६ मंसिर । रौतहटको गौर चन्द्रपुर सडक खण्डमा बमनहर चोकमा राकी राखिएको अवस्थामा दुई वटा भारतीय नम्वर प्लेट भएका स्कारपियो गाडीले त्रिपक्षीय ठोक्किदा सात जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, यमुनामाई गाउँपालिका–४ स्थित बमनहर चोकमा राकिराखेको ना. २ ह. ६५२५ नम्वरको अटोमा बडहर्वाबाट बारा जिल्ला तर्फ जादै गरेका एचआर २८ डि ७२२२ नम्वरको स्कारपियो र चपुरबाट गौर तर्फ आउदै गरेका विआर ०७ पिए ७५८४ नम्वरको भारतीय स्कारपियोको त्रिपक्षिय ठक्कर हुँदा उक्त सवारी साधनमा सवार सात जना व्यक्तिहरु घाइते भएका हुन् ।
उक्त ित्रपक्षिय ठक्करबाट वमनहर चोकमा रहेका विजय साहको होटलमा क्षति पुगेको छ ।
एचआर २८ डि ७२२२ नम्वरकोको गाडीका चालक बारा आदर्श कोतवाल  गापा–७ का ३० बर्षीय पवन यादव, उक्त गाडीमा सवार सर्लाही बरहथवा नपा १४ का शैलेन्द्र महतोको ११ बर्षीय छोरा अंकित महतो, विआर ०७ पिए ७५८४ नम्वरको स्कारपियो चालक गौर नपा–२ का २४ बर्षीय सुरेन्द्रकुमार साह, राजदेवी नपा ८ का ५० बर्षिय शिवजी साह, सोही स्थानका ५२ बर्षीय रामदयाल साह घाइते भएको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी विष्णुप्रदीप वस्यालले दिए ।
डिएसपी बस्यालको अनुसार ना.२ ह ६५२५ नं.को अटोमा सवार चालक यमुनामाई गापा ५ का ३९ बर्षीय मंगल पटेल, राजपुर नपा ३ का नजरुन वस्ताको १० बर्षीय छोरा तारिक वस्ता घाइते भयो ।
घाइते सातै जनालाई प्रादेशिक अस्पताल गौरमा उपचार पश्चात डिष्चार्ज भएर घर फर्किएको बताउदै डिएसपी वस्यालले ठक्कर दिने सवारीसाधान सहित चालकहरुलाई प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।