रौतहटको चन्द्रपुरमा “एआईको प्रयोग सम्बन्धी एक दिने तालिम आरम्भ”

0 Shares
रौतहट, २० मंसिर । एआईको प्रयोग सम्बन्धी १ दिने तालिम शनिवार रौतहटको चन्द्रपुर मा सुरु भएको छ ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना र नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको सहकार्यमा पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्बन्धी एक दिने तालिम आरोही होटलमा सुरु भएको हो ।
डिजिटल युगमा सञ्चारकर्मीहरूलाई प्रविधिमैत्री बनाउँदै समाचार सङ्कलन, लेखन र प्रमाणीकरणमा एआईको उपयोगिताका बारेमा ज्ञान प्रदान गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खरगाले बताए ।
कार्यक्रमको विषयमाथि प्रकाश पार्दै खरगाले एआईको प्रयोग अब पत्रकारिताको आवश्यकता भइसकेको धारणा व्यक्त गरे । उनले पत्रकारहरूलाई आधुनिक प्रविधि अपनाउन आग्रह समेत गरे ।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व केन्द्रीय सदस्य शिवपुरीले एआईको प्रयोग हामी संचार क्षेत्रमा कार्यरत रहेका संचारकर्मीहरुलाई अति नै महत्वपूर्ण रहेको चर्चा गरे ।
कार्यक्रममा प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत रंजिता साह, नेपाल पत्रकार महासंघका पूर्व शाखा अध्यक्ष शैलेन्द्र गुप्ता, तथा मधेस प्रदेश सदस्य शैलेन्द्र गुप्ताको उपस्थिति रहेको छ ।
रौतहट जिल्लाका ५० जना सञ्चारकर्मीहरूको उपस्थिति रहेको तालिमले पत्रकारहरूलाई एआईका उपकरण तथा त्यसको नैतिक प्रयोगका बारेमा प्रशिक्षित गरेको आम सञ्चार प्राधिकरण मधेश प्रदेशले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।