मधेश प्रदेशको अधुरा परियोजनाहरुको स्थलगत अनुगमन गर्न मन्त्री घिसिङ आज वीरगञ्ज आउदै

0 Shares
सञ्जय मिश्रा 
वीरगञ्ज, २५ मंसिर । मधेश प्रदेशको अधुरा परियोजनाहरुको स्थलगत निरीक्षण गर्न उर्जा, सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ बिहीवार अपरान्ह् वीरगञ्ज आउन लागेका छन् ।
मन्त्री घिसिङ विशेषगरी पर्सा–बारा–रौतहटको पूर्वाधारका अधुरा योजनाहरुको स्थलगत रुपमा अनुगमन गरी त्यसलाई छिटै समाधानको प्रयास गर्न अभिप्रायबाट भ्रमणमा आउनु भएका हुन् ।
उनले—बीरगंज महानगरका मुख्य पूर्वाधार निर्माणहरूको अवस्था प्रत्यक्ष अवलोकन गर्ने, स्थानीय राजनीतिक नेतृत्व, व्यवसायी, जेनजी समूह तथा नागरिक अभियन्तासँग भेटघाट गरी शान्ति–सुरक्षा, विकासका अवरोध,
र आसन्न चुनावी वातावरण बारे विस्तृत जानकारी लिने कार्यक्रम रहेको बुझिएको छ ।
आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीबाट बारा २ बाट उम्मेदवार बन्न लागेका केन्द्रिय सदस्य अरबिन्द साहले मन्त्री घिसिङको भ्रमणको जानकारी दिए ।
भोलि २६ गते शुक्रवार बिहान मन्त्री घिसिङले बारा गढीमाई मन्दिर दर्शन पश्चात कलैयाको ३ किमी अधुरो सडकको स्थलगत निरीक्षण गर्ने छन् । उक्त सडक वर्षौंदेखि अलपत्र रहेको भन्दै स्थानीय बासिन्दाले बारम्बार माग गर्दै मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए ।
उक्त सडक अवलोकनपछि मन्त्री घिसिङ दुधौरा नदीमाथिको पुल निर्माणको प्रगति हेर्न तथा उक्त पुल रणनीतिक रुपमा अत्यन्त महत्वपूर्ण मानिन्छ, किनकि पूर्व–पश्चिम राजमार्गमा यातायातलाई सहज बनाउने छ ।
रौतहट चन्द्रपूरमा जन्मोत्सव पार्कमा सम्बोधन गर्ने जनाइएको छ ।
स्थानीय विकास, ऊर्जा सुधार, पूर्वाधार विस्तार तथा मधेशको विकासलाई प्राथमिकतामा राख्ने योजनाबारे अभिमत प्रकट गर्ने अपेक्षा गरिएको बरिष्ठ पत्रकार गोबिन्द चौलागाईं ले बताए ।
बर्षौ देखि अलपत्र अवस्थामा बडहरवा र पिपरा पुलको निरीक्षण 
लामो समयदेखि रोकिएको दुर्गा भगवतीको बडहरवा स्थित बागमती नदीको अधुरो पुलको मन्त्री घिसिङले निरीक्षण गर्ने जनाइएको छ । १५ वर्षदेखि विभिन्न कारणले रोकिएको उक्त पुलको निर्माण तुरुन्त अघि बढाउन आवश्यक निर्देशन दिने तयारी रहेको उनले बताए ।
त्यस बाहेक दुर्गा भगवती गाउँपालिका १ गंगापिपरा स्थित वागमती नदीमा निर्माणको अन्तिम चरणमा रहेका पुलको दुई बर्ष अघि भाँसिएपछि निर्माण छाडेर वेपत्ता भएपछि अलपत्र अवस्थामा पुगेका उक्त पुलको समेत निरीक्षण गरी चाँडै निर्माण कार्य सम्पन्न गराउने कार्यको लागि मन्त्री घिसिङले स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेका छन् ।
हुनतः रौतहट जिल्लामा दर्जनौं पुलपुलेसाका योजनाहरु अलपत्र रहेको छ । तिनीहरुलाई सुचारु गराएर निर्माण सम्पन्न गराउन चुनौतीलाई समाधान गराउन मन्त्री घिसिङ संग रौतहटवासी अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।