गोवा नाइटक्लब आगलागी प्रकरणः अदालतले ’सह–मालिक’ अजय गुप्तालाई ७ दिन न्यायीक हिरासतमा राख्ने आदेश

0 Shares
पणजी (गोवा भारत), २५ मंसिर । गोवाको एक अदालतले बिहीबार भएको भिषण आगलागी भएका जनधनको क्षतिका लागि लगानी कर्तालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ७ दिनको इजाजत दिएका छन् ।
‘बर्च बाइ रोमियो लेन’ नाइटक्लबमा भएको आगलागीबाट भएको मानविय क्षतिको जिम्मेवार उक्त क्लवका साझेदार र लगानीकर्ता अजय गुप्तालाई सात दिनको लागि प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न गोवा अदालतले इजाजत दिएका हुन् ।
बुधबार दिल्लीबाट पक्राउ परेका गुप्तालाई सोधपुछका लागि ट्रान्जिट रिमाण्डमा साँझ गोवा ल्याइएको थियो । उनलाई थप अनुसन्धानका लागि अन्जुना प्रहरी चौकी लगिएको एक अधिकारीले बताए ।
उनलाई बिहीबार यहाँबाट ९ किलोमिटर टाढा मापुसा सहरको अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई सात दिनको प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न इजाजत दिएको बताइएको छ ।
गुप्ताका वकिल रोहन देसाईले गोवा प्रहरीले १० दिनको समय मागेपनि अदालतले सात दिनको समय दिएका थिए । उनले भने कि उनका ग्राहक “अनुसन्धान एजेन्सीलाई पूर्ण रूपमा सहयोग गर्दैछन” ।
आफूलाई प्रहरीको गाडीमा लैजाँदै गर्दा गुप्ताले पत्रकारलाई उक्त घातक दुर्घटनामा आफ्नो कुनै भूमिका नभएको बताए । “मलाई केहि थाहा छैन । मेरो कुनै संलग्नता छैन । म केही साझेदार भएपनि उक्त क्लव  सञ्चालनमा मेरो कुनै संलग्नता छैन” उनले भने ।
डिसेम्बर ६ को मध्यरातमा उत्तर गोवाको सुविधामा ठूलो आगलागीमा २० कर्मचारी र पाँच पर्यट सहित २५ जनाको मृत्यु भएको थियो । यसअघि गुप्ता विरुद्ध लुक आउट सर्कुलर जारी गरिएको थियो ।
डिसेम्बर ६ मा मध्यरातमा पनिजीबाट २५ किलोमिटर टाढा अर्पोरामा रहेको नाइटक्लबमा भएको आगलागीको सम्बन्धमा गोवा पुलिसले पाँच जना व्यवस्थापक र स्टाफ सदस्यहरूलाई पहिले नै गिरफ्तार गरिसकेको छ ।
आगलागीको घटना लगत्तै थाइल्याण्डको फुकेटतर्फ प्रस्थान गरेका दाजुभाइ तथा सह–मालिक सौरभ र गौरव लुथरालाई त्यहाँ हिरासतमा राखिएको अधिकारीहरूले बताए । उनीहरु विरुद्ध इन्टरपोलले ब्लु कर्नर नोटिस जारी गरेको थियो ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।