शासकद्वारा मधेशी प्रति गरिरहेको व्यवहारका विरुद्ध नेपाली काँग्रेस नेतृ अन्जु झाको सशक्त अभिव्यक्ति

0 Shares
रौतहट, ३ पुस । नेपाली काँग्रेसको नेतृ एवं सामाजिक अभियन्ता अन्जु झाले नेपाली प्रशासकहरुद्वारा मधेशी जनताहरु माथि गरिएको भेदभावको कारणको असर सीमानाकामा सहजै हेर्न सकिन्छ ।
विगत चार दिन देखि परोहा नगरपालिकाको रामपुर खाप नाकामा छोटी भन्सार कार्यालयको पुनः स्थापना सहित चार पाँग्रे सवारीसाधन निर्वाध रुपमा आवतजावत गर्न पाउन भनेर स्थानीयहरु अनिश्चितकालिन आमरण अनसन भईरहदापनि राज्यको प्रशासकको मधेश प्रति हेर्ने दृष्टिकोर्णमा कुनै परिवर्तन आउन सकेका छैनन ।
सामाजिक अभियन्ताको रुपमा समेत प्रख्यात रहेकी झा सामाजिक संजाल फेसबेक मार्फत मधेशी जनता माथि भईरहेको विभेदको सन्दर्भमा यसरी लेखेकी छिन् ।
सामाजिक संजालमा नेतृ झाले लेखेकी छिन्, स–साना कुराबाट लाग्ने सामाजिक मुद्दाले कसरी राजनीतिक असन्तोष र विद्रोहलाई जन्म दिन्छन् र कायम राखिरहन्छन् भन्ने विषय विगत केही दिन देखि नेपाल र भारत जोडिने रौतहट जिल्लाको रामपुर खाप बोर्डरमा देखिदैछ ।
अहिले मधेसमा पहाडी मुलका प्रशासक र सुरक्षा प्रमुखहरूको  विरूद्ध आवाज उठ्न थालेका छन् । कमाउनको लागि मधेश झर्ने प्रशासकले सिमाना अतिक्रमण, मानव बेचबिखन, लागुऔषध तस्करी, र हतियार ओसारपसार जस्ता सम्बेदनशिल विषयमा खासै केही गर्न नसक्ने तर मधेशीहरूको दैनिकी जिवनका लागि सीमावर्ती क्षेत्रका मानिसहरूलाई आवतजावत गर्न राज्यबाट क्षणक्षणमा  प्रताडित गर्ने गरेको पाइन्छ ।
नेपाली राज्यमा पहाडी शासकहरूद्वारा खडा गरिएको भौतिक, सामाजिक, कानुनी, मनोवैज्ञानिक र राजनैतिक संरचनाहरूले मधेशी जनताको दैनिकी कार्यमा प्रतिकुल असर पारेर हिंसा गरिरहेको नै छ । रातभरी तस्करी हुने र तस्करी गर्नेलाई छुट दिने राज्यका प्रतिनीधीहरुले मधेशलाई आज पनि औपनिवेश भन्दा माथिको दर्जा दिन सकेको छैनन ।
नेपाल र भारतबीचको सदियौं देखि सिमाना खुला छ,  मधेसी समुदायको भारतको उत्तरी प्रान्तहरूसँग  वैवाहिक सम्बन्धहरू छन् । यसले दुई देशबीच सांस्कृतिक आदानप्रदान, आर्थिक निर्भरता, व्यापार र रोजगारीका, स्वास्थ उपचार, जन्मदा देखि मलामी सम्ममा भारत जाने–आउने गर्छन् जसलाई राज्यले सधैँ संवेदनशील मुद्दाको रूपमा राष्ट्रवाद संग जोडदै आएको छ ।
रामपुरखाप क्षेत्रबाट आवत जावत बन्द गरेर स्थानीयलाई आवतजावत, उपचार र विवाहका लागि समेत समस्या पार्दै आएको सुरक्षाकर्मीले बिरामी बोकेको एम्बुलेन्सलाई समेत जान रोक लगाएपछि स्थानीयहरु आक्रोशित छन् । शासकले मधेसप्रति गरेको जस्तो व्यवहार  बेलैमा बुझ्न जरूरी छ नत्र मर्कामा पर्ने पालो त्यही समुदायको हुने उनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।