भारतीय सदनमा ‘शान्ति’ विधेयक पासः निजी क्षेत्रलाई न्यूक्लियर ऊर्जामा प्रवेश, पाकिस्तानको टाउको दुखाई

0 Shares
नयाँ दिल्ली, ४ पुस । भारतको दुवै सदनबाट ‘सस्टेनेबल हार्नेसिङ एन्ड एड्भान्समेन्ट अफ न्यूक्लियर एनर्जी फर ट्रान्सफर्मिङ इन्डिया (शान्ति) विधेयक, २०२५’ पारित भएका छन् ।
ऐतिहासिक विधेयकले परमाणु ऊर्जा क्षेत्रमा निजी कम्पनीहरूलाई प्रवेश दिने बाटो खोल्दै सरकारी एकाधिकार तोडिएका हुन् । यसले भारतलाई २०४७  सम्म १०० गिगावाट न्यूक्लियर क्षमता पुग्ने महत्वाकांक्षी लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विधेयक पास भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स (ट्विटर) मा लेखेका छन्, “यो विधेयकले एआईलाई सुरक्षित ऊर्जा दिनेदेखि हरित उत्पादनलाई बढावा दिने सम्म र विश्वका लागि स्वच्छ ऊर्जाको भविष्यलाई बलियो बनाउने छ । यसले निजी क्षेत्र र युवाहरूका लागि अवसरको नयाँ ढोका खोल्ने छ ।”
मोदीले यो परिवर्तनकारी क्षण भएको बताउँदै निजी लगानी र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उल्लेख गरे । यता, छिमेकी पाकिस्तानले उक्त विधेयकप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबारको साप्ताहिक ब्रिफिङमा भने, “भारतको परमाणु सुरक्षा इतिहासलाई ध्यानमा राख्दा हामी नजिकबाट निगरानी गरिरहेका छौं । १९९० को दशकदेखि रेडियोएक्टिभ सामग्रीको चोरी र अवैध बिक्रीका घटना भइरहेका छन् ।” उनले निजी क्षेत्रको संलग्नताले संवेदनशील परमाणु सामग्रीमा निजी व्यक्तिको पहुँच बढाउने र विश्वव्यापी प्रयासमा चुनौती थप्ने बताए ।
विधेयकले १९६२ को एटमिक एनर्जी एक्ट र २०१० को सिभिल लायबिलिटी एक्टलाई प्रतिस्थापन गर्दै नयाँ नियामक ढाँचा बनाउने छ । निजी कम्पनीहरूले अब न्यूक्लियर प्लान्ट सञ्चालन, साना मोड्युलर रिएक्टरहरू विकास र अन्य गतिविधिमा भाग लिन सक्नेछन्, तर कडा सुरक्षा र राष्ट्रिय सुरक्षाको मापदण्ड कायम रहने सरकारको दाबी छ । विपक्षी दलहरूले भने सुरक्षा र जवाफदेहितामा कमी हुने भन्दै आलोचना गरेका छन् ।
यो कदमले भारतको स्वच्छ ऊर्जा संक्रमणलाई तीव्रता दिने र ऊर्जा सुरक्षा मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।