सर्लाहीको सीमानाकाका युनिट इन्चार्ज तथा घुमुवाको सेटिंगमा तस्करहरुको गोरखधन्धा जारी

0 Shares
सर्लाही, ६ पुस । सर्लाहीको भारत संग जोडिएका सीमानाकाहरुमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिट इन्चार्ज सहित घुमुवा प्रहरी तथा कारोवारीहरुको अपवित्र साँठगाँठका कारण तस्करीको गोरखधन्धा जारी रहेका छन् ।
सर्लाहीको भारत संग जोडिएका सीमानाकाहरु सग्राम्पुर, त्रिभुवननगर, सखुवबा, नाहर टोल, गोरखकाली, भाँडसर, बारा उधोरण, फेनहारा, सीमरा, मधुबनी, अर्नाहा, बलरा, लक्ष्मिपुर, छतौना, छनकी सेढवा सहित दर्जनौं नाकाहरुबाट तस्करीका यस्ता गोरखधन्धा जारी रहेका हुन् ।
पर्सा चौकीका इन्चार्ज रोशन अधिकारी सहितका युनिट इन्चार्जहरु तथा घुमुवा प्रहरी हबलदार भाग्यनारायण साह, प्रहरी जवान मजरुल होदा सहितका घुमुवा प्रहरीहरु अबैध कार्यमा संलग्न कारोबारीहरुलाई सेटिंगकै आधारमा उनीहरुलाई महिनेवारी रुपमा लाइन दिएर तस्करी गराउदै आएको स्थानीयहरुले गम्भीर आरोप लगाए ।
सीविल घुमुवाहरु तथा सीमावर्ती युनिट इन्चार्जहरुको परोक्ष सेटिंगमा हुने यस्ता कार्यहरु तल देखि लिएर माथि सम्मको भाग उठ्ने गरेको श्रोतको दाबी छ । पाँच दिन अघि मधेश प्रदेश प्रमुखको नाममा प्रनानी रोशन अधिकारी मार्फत ६ लाख भाग पुर्याइएको ति श्रोतले दाबी गरेका छन् ।
सखुवबाको अजय दासको विद्यालयको पछाडी धान गोदाम, सत्यम होटेल नजिक भएर कबाडी भारत तर्फ लैजाने गरेको छ । दासले उक्त कार्य गरेवापत यादवलाई महिनावारी रुपमा सेटिंग मिलाएर कारोवार संचालनमै रहेको छ ।भारतबाट धान दैनिक रुपमा भित्रयाएर दासले गोदाममा भण्डारण गर्ने गरेको छ । त्यती मात्रै नभई विजय, पुकार, अजय सहनी, पारस यादव सहितका व्यापारीहरु कपडासहित खाद्यान्नको सामानहरु ओसारीरहेका ति श्रोतले दाबी गरेका छन् ।
यस्तै त्रिभुवन नगर नाका भएर कारोवारी सुरेश यादव, अशोक यादव, अनिता, सुनिल, पर्साका सन्तोष भण्डारी व्यापारीहरुले कपडा, किराना सामान, धान गहुँ, काजु किसमिस, फलफुलको विरुवा सहितका सामानहरु निर्वाध रुपमा भारतबाट नेपाल र नेपालबाट भारत तस्करीलाई निरन्तरता दिदै राजस्व छलीका कार्य जारी राखेका छन् । स्मरणीय रहोस, नेपाल प्रहरी र सशस्त्र प्रहरीको साँठगाँठमा राजस्व छलीका कार्य सर्लाही जिल्लामा मात्रै नभई तराई मधेशका जिल्लाहरुको अवस्था भिन्न छैनन । हरेक जिल्लाबाट ठूलो परिमाणमा तस्करी कार्य भईरहदा समेत सम्बध निकाय कानमा तेल हालेर मस्त निन्द्रामा रहेका कारण दैनिक करोडौं करोड राजस्व छली भइरहेका छन् । उक्त कार्यलाई पूर्ण रुपमा निष्तेज पार्न जिम्मेवारी पाएकाहरुको सम्पत्ती नाम जाँच गर्ने हो की नत्र भने अवैध कार्यलाई नियन्त्रण गर्न निकै चुनौतीपूर्ण हुने छन् ।
कारोबारी सन्तोष भण्डारीले यसरी चोरबाट भएर भित्रयाइएका राजस्व छलीका सामानहरु गलीकुची एवं जंगलको बाटो भएर जाँदै गरेको तस्वीर स्थानीयहरुले तराई टप लाई उपलब्ध गराएको भिडियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।