भारत सरकारको सहयोगमा तुल्सियाहीमा निर्माण भएका बैद्यनाथ देवनारायण पब्लिक मोडेल मावि उदघाटन संगै हस्तान्तरण

0 Shares
रौतहट, ६ पुस । धनुषाको तुल्सीयाहीमा भारतीय सहयोगमा निर्माण कार्य सम्पन्न भएका विद्यालय भवनको एक समारोहका बीच उदघाटन भएर समुदायलाई हस्तान्तरण गरिएका छन् ।
भारत सरकारको आर्थिक सहयोगमा धनुषाको मुखियापट्टीको तुल्सीयाही स्थित बैद्यनाथ देवनारायण पब्लिक मोडेल माध्यमिक विद्यालयको नवनिर्मित पक्कि भवनको एक समारोहका बीच महावाणिज्यदूत देवी सहाय मिना र मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवले संयुक्त रुपमा उदघाटन गरेर समुदायमा हस्तान्तरण गरिएका हुन् ।
भारतीय महावाणिज्य दूतावास बीरगञ्जद्वारा जारी भएको प्रेस नोटमा, उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत उक्त विद्यालय भवनलाई समृद्ध एवं सुविधासम्पन्न रुपमा निर्माण गरिएको छ ।
उक्त माध्यमिक विद्यालय धनुषा जिल्लाको प्रमुख सामुदायिक विद्यालय मध्येको नमूना विद्यालयको रुपमा रहेको छ । वाल विकास देखि लिएर कक्षा १२ सम्म अध्ययपन हुने उक्त विद्यालयको भवन निर्माण भएपछि अध्ययनरत छात्रछात्राहरुलाई निकै टेवा पुग्ने विश्वास महावाणिज्यदूतावासले लिएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (सिटिइभिटी) संग आबद्ध रहेर कम्प्युटर कक्षा १८ महिनाको प्रि डिप्लोमा अध्ययन भईरहेको तथा विद्यालयमा कुल संख्याको ६० प्रतिशत छात्राहरुको अध्ययन अध्यापनमा निकै टेवा पुग्ने र शिक्षकहरुलाई पनि शिक्षा प्रदान गर्न सजिलो भएको बताउदै महावाणिज्यदूत सहायले भारत सरकारले नेपाली जनताको हरेक क्षेत्रमा आर्थिक सहयोग गर्ने कार्यमा दृढ संकल्पित रहेको स्पष्ट पारे ।
गाउँपालिका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गरेको विकास सहयोगको लागि प्रशंसा गरेका छन् । उनीहरूले नयाँ निर्माण भएको पूर्वाधारबाट यस क्षेत्रको सिकाइ वातावरणलाई अभिवृद्धि गर्न र शिक्षा क्षेत्रलाई बलियो बनाउन मद्दत पुगेको विश्वास व्यक्त गरे ।
छिमेकीको रूपमा, भारत र नेपाल व्यापक र बहु–क्षेत्रीय सहयोगमा संलग्न छन् । एचआईसीडीपीहरूको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विस्तार गर्नुका साथै वृद्धि र विकास हासिल गर्न नेपाल सरकारको प्रयासहरूलाई बलियो बनाउन भारत सरकारको निरन्तर समर्थनलाई दर्शाउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।