’लुटे सरकारले जेनजी आन्दोलनको मर्म भुल्यो, चुनाव नगर्ने हो भने बाटो छोड्नुहोस्’ – प्रभु साहको सुशीला कार्कीलाई चेतावनी, कुलमानलाई तत्काल बर्खास्त गर

0 Shares
सिराहा, ६ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई कडा चेतावनी दिँदै ’लुटे’ र असफल भएको आरोप लगाएका छन् ।
जेनजी जनविद्रोहको जगमा बनेको सरकारले आफ्नो मुख्य दायित्व (चुनाव गराउने र शहीदहरूलाई न्याय दिने) भुलेर रंगबिरंगी खेलमा अल्झिएको उनले आरोप लगाएका हुन् ।
सरकार बनेको १०० दिन नपुग्दै विकल्प खोज्ने कुरा उठ्नु यसको असक्षमता सँग जोडिएको साहले दाबी गरे ।
सिराहाको धनगढीमाई बजारमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै साहले भने, “१०० दिनमा १०० थरी कुरा गरेर देशको समय बर्बाद नगर्नुहोस्, चुनाव गराउन नसक्ने हो भने बेलैमा हात उठाउनुहोस् ।”
उनले निर्दलीय सरकारमा बसेर कुलमान घिसिङ सत्ताको दुरुपयोग गरी आफ्नो दल खोलेर राजनीतिक महत्वाकांक्षा पालेको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरे । कुलमानकै कारण जेनजी आन्दोलन दमन गर्नेहरू (केपी ओली लगायत) ले सरकारलाई धम्काउन थालेको साहको जिकिर गरे ।
साहले थपे “जेनजी शहीदहरूलाई न्याय दिन सक्नुभएको छैन, हत्याराहरू खुलेआम धम्काउँदै हिँडेका छन् । लुटिएका हतियार फिर्ता, फरार अपराधी पक्राउ गर्न सक्नुभएको छैन ।”
उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई ’दुलोमा लुकेको मुसा’ को संज्ञा दिँदै कार्यक्षमता माथि प्रश्न उठाए । केपी ओलीको ’बयान लिए देश ठप्प पार्ने’ धम्कीप्रति आपत्ति जनाउँदै साहले जनता अब नडराउने चेतावनी दिए । जाँचबुझ आयोग पनि समय मात्र गुजारेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।