हिन्दू युवाको निर्ममतापूर्वक हत्या गरिएका विरुद्ध संघिय राजधानी स्थित बंगलादेशी दूतावास घेराउ

0 Shares
रौतहट, ७ पुस । राष्ट्रिय एकता अभियानले संघिय राजधानी काठमाडौं स्थित बंगलादेशी राजदूतावासलाई घेराउ गरेर विरोध जनाएका छन् ।
बंगलादेशमा बहुँसंख्यक समुदायका ठेक्का लिएका केही अपराधिक तत्वहरुद्वारा हिन्दू युवा दीपु चन्द्र दासको निर्ममतापूर्वक हत्या गरिएका घटनाको विरोधमा राष्ट्रिय एकता अभियानले संघिय राजधानी स्थित बंगलादेशी राजदूतावास घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
अभियानका प्रदर्शनकारीहरू “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “मानवअधिकारको सुरक्षा गर”, “हिन्दूको हत्या बन्द गर” जस्ता नारा लगाउँदै बंगलादेश सरकारको कडा आलोचना गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रदर्शनलाई सम्बोधन गर्दै समाजसेवी माधव सिंहले बंगलादेशमा हिन्दू तथा अन्य अल्पसंख्यकमाथि बढ्दो हिंसा गम्भीर मानव अधिकार उल्लङ्घन भएको बताए । उनले भने, “धर्म र पहिचानका आधारमा निर्दोष नागरिकको हत्या हुनु सभ्य समाजका लागि लज्जास्पद कुरा हो । अन्तर्राष्ट्रिय समुदायले अब मौन बस्न मिल्दैन ।”
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बंगलादेश सरकार अल्पसंख्यकको सुरक्षामा पूर्ण रूपमा असफल भएको आरोप लगाए । “हिन्दू समुदाय माथि लक्षित हिंसा राज्यकै कमजोरी र संरक्षण बिना सम्भव हुँदैन । यदि तत्काल अल्पसंख्यकको सुरक्षा सुनिश्चित गरिएन भने अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गरिनु अपरिहार्य रहेको छ उनले भने ।” यादवले नेपाल सरकारलाई पनि कूटनीतिक माध्यमबाट बंगलादेश सरकार समक्ष कडा आपत्ति जनाउन आग्रह गरे । प्रदर्शन शान्तिपूर्ण भए पनि वातावरण तनावपूर्ण बनेको थियो । प्रदर्शनकारीहरूले  बंगलादेश सरकार प्रमुख मोहम्मद यूनुसको तस्वीर जलाएका थिए ।
बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको हिंसा तुरुन्त रोक्न, दोषीलाई कडा कारबाही गर्न र अल्पसंख्यक समुदायको सुरक्षाको ठोस ग्यारेन्टी गर्न अभियानले माग गरेका छन् ।
राष्ट्रिय एकता अभियानले यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाउने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।