उद्योगी व्यवसायीहरुको आज दोश्रो दिन धर्ना जारी, सशक्त आन्दोलनको तयारीमा जुट्दै व्यवसायीहरु

0 Shares
फोटो क्याप्सनः रौतहट सदरमुकाम गौर स्थित करदाता सेवा कार्यालय अगाडी सोमवार दोश्रो दिन सर्व पक्षीय एवं सर्वदलिय धर्ना प्रदर्शन जारी । तस्वीर तराई टप ।
रौतहट, १४ पुस । करदाता सेवा कार्यालय खारेजीको निर्णय विरुद्ध रौतहटको उद्योगी व्यवसायीहरुको सोमवार दोश्रो दिनपनि धर्ना प्रदर्शन कार्यक्रम जारी राखेका छन् ।
गौरमा रहेका करदाता सेवा कार्यालयलाई बाराको सिमरामा स्थानान्तरण गर्ने नेपाल सरकारको निर्णय विरुद्ध उद्योगी व्यवसायीहरु संग नागरिक समाज, राजनीतिक दल, निर्माण व्यवसायी संघ सहितका सर्वदलिय एवं सर्वपक्षिय धर्ना प्रदर्शन जारी रहेका हुन् ।
पूर्व प्रदेश सभा सदस्य बाबुलाल साहको अध्यक्षतामा दोश्रो दिन जारी धर्नामा प्रदर्शनमा नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, नेपाली कम्युनिष्ट पार्टीका नेता रेबन्त झा, लोसपाका अनिलकुमार सिंह, निर्माण व्यवसायी संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल (पालु) सहित उद्योग व्यवसायीहरुको उपस्थितिमा करदाता सेवा कार्यालयको मुख्य गेटमा धर्ना जारी रहेको संघका महासचिव सन्तोष केसरीले जानकारी दिए ।
अहिलेको युगमा स्थापित भएका कार्यालयलाई उठाएर ११३ किलोमिटर टाढा सिमरामा गाभ्ने राज्यको कुदृष्टिका विरुद्ध हामी आ आफनो कारोवार छाडेर बाटोमा बस्न बाध्य भएको महासचिव केसरीले गुनासो गरे ।
राज्यद्वारा व्यापारीहरूलाई सहुलियत दिनुपर्नेमा उल्टै झन्झटिलो बनाउन खोजेको भन्दै बाध्य भएर संघर्षको बाटो रोज्नु परेको हुँदा अविलम्ब उक्त निर्णय खारेज गरेर यथास्थितिमा कार्यालय राखिराख्न माग गरे ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीले राज्यको कर तिर्ने नागरिकलाई सहुलियत दिनुपर्नेमा अप्ठ्यारो अवस्था सृजना गर्न खोजेकोमा आक्रोश पोख्दै भोली देखि यहाँका सम्पूर्ण व्यापारिक प्रतिष्ठान बन्द गरेर कडा संघर्षमा उत्रन सरकार बाध्य बनाइरहेको चेतावनी दिए । यदी सरकार मानेनन भने यहाँबाट किन कर चाहियो, भन्सार कार्यालय पनि उठाएर सिमरा वा अन्य स्थानमा लग्न चेतावनी समेत उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।