रौतहटमा मानवअधिकार बर्ष पुस्तक २०२२ को अभिलेख सार्वजनिक

299 Shares

तराई टप
रौतहट, ९ पुस । रौतहटमा विगत एक बर्षमा घटेका विभिन्न घटनाहरुलाई समेटेर तयार पारिएको मनवअधिकार वर्ष पुस्तक २०२२ को अभिलेख सार्वजनिक गरिएको छ ।
विगत लामो समयदेखि मानवअधिकारको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएका इन्सेकले मानवअधिकारको समग्र अवस्थालाई समेटेर एक कार्यक्रमको विच उक्त अभिलेखलाई सार्वजनिक गरेको हो ।
इन्सेक रौतहटका जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार २०७७ पुस १६ देखि २०७८ मंसिर मसान्त सम्मको मानवअधिकारको अवस्थालाई चित्रण गरी उक्त अभिलेख सार्वजनिक गरिएको बताइन् ।
एक वर्षको अवधिमा सबै भन्दाबढी यौनजन्य घटना भएको इन्सेकको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत एक वर्षमा १० बलात्कारको प्रयास भएको, २८ वटा बलात्कारको घटना हुँदा दुईवटा सामुहिक बलात्कार भएको इन्सेकको तथ्याङ्कमा उल्लेख गरिएका छन् । २८ वटा बलात्कारको घटनामध्ये सात जना महिला र २१ जना बालिका रहेको उल्लेख छ ।
यस्तै इन्सेकको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा ६ वटा बहुविवाह, एकजना शिक्षक माथि कुटपिट, एउटा वालविवाहको घटना भएको छ । एक वर्षको अवधिमा जिल्लामा एउटा एसिड प्रहार, एक जना महिलालाई कुटपिट र ५ वटा यौन दुव्र्यवहारको घटना भएको छ । अपरहण, शरीर बन्धक तथा बलात्कारको घटना दुईवटा र कर्तव्य ज्यान गरी जिल्लामा ६४ वटा घटना घटेको छ सो मध्ये ८६ जना पीडितहरुको वयान इन्सेकको तथ्याङ्कले दखाएको छ ।
८६ जना पीडित मध्ये ३० जना महिला, २६ जना पुरुष १ बालक र २९ बालिका रहेका छन् । ६४ वटा घटनामा १ सय २१ जना पीडक रहेको इन्सेकको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमध्ये ८ जना महिला, ९१ जना पुरुष र २२ जना बालक रहेको सार्वजनिक गरिएको इन्सेकको तथ्याङ्क उल्लेख गरिएको छ ।
रौतहटमा मनवअधिकार वर्ष पुस्तक २०२२ का लागि अभिलेख गरिएको घटनाहरुको वार्षिक समिक्षा कार्यक्रममा इन्सेकका पूर्व प्रतिनिधि लक्ष्मण रेग्मी, चन्द्रपुर नगरपालिकाको उप प्रमुख रामरती चौधरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछाने पत्रकार र अन्य सरोकारबालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।