राष्ट्रिय एकता दलको ऐतिहासिक घोषणा सभा यही पुस २५ गते संघिय राजधानी काठमाडौंमा हुदै

0 Shares

संघीय हिन्दू गणतन्त्र र नेपाली संस्कृतिको संरक्षणमा केन्द्रित नयाँ राष्ट्रवादी शक्ति उदय !

काठमाडौ, १६ पुस । नेपालको राष्ट्रिय पहिचान, सामाजिक सद्भाव र दीर्घकालीन स्थायित्वलाई मुख्य प्राथमिकतामा राखेर नयाँ राजनीतिक दल राष्ट्रिय एकता दल को औपचारिक स्थापना हुँदैछ ।
सो दलले आफ्नो घोषणा सभा यही पुस २५ गते शुक्रबारका दिन संघिय राजधानी काठमाडौमा भव्य रूपमा आयोजना गर्ने लागेका हुन् ।
सो दलका अनुसार, राजनीति सत्ताको खेल मात्र नभई राष्ट्रको इतिहास, संस्कृति र भविष्यप्रति गम्भीर जिम्मेवारीका रूपमा लिएर अघि बढ्नेछ । त्यही मान्यतामा आधारित रहेर दलको स्थापना गरिएको छ ।
संघीय हिन्दू गणतन्त्रको अवधारणा, नेपाली मौलिकता धर्म–संस्कृति तथा सभ्यताको संरक्षण र राष्ट्रिय एकताको सुदृढीकरणलाई दलले आफ्नो मूल उद्देश्य बनाएको हो ।
ती मूल्यहरू कुनै एक समुदाय वा वर्गको पक्षमा नभई नेपालको ऐतिहासिक निरन्तरता, सामाजिक सन्तुलन र राष्ट्रिय आत्माको रक्षासँग जोडिएका विषय भएको दलको ठम्याइ छ । वर्तमान राजनीतिक तथा सामाजिक आवश्यकतालाई ध्यानमा राख्दै वैकल्पिक राष्ट्रवादी राजनीतिक धार प्रस्तुत गर्ने उद्देश्यले दल अघि बढेको जनाइएको छ ।
लोकतान्त्रिक व्यवस्थामा वैचारिक भिन्नता स्वाभाविक भए पनि राष्ट्रिय हितका साझा मुद्दामा दलहरूबीच सम्मान, संवाद र सहकार्य आवश्यक रहेको दलको धारणा राखेको छ । यसै सन्देशलाई प्रवाह गर्न विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि र सरोकारवालाहरूलाई कार्यक्रममा निमन्त्रणा गरिएको बताइएका छन् ।
राष्ट्रिय एकता दलले यो अवसरमा गरिमामय उपस्थिति वा शुभकामनाले राजनीतिक शिष्टाचार, लोकतान्त्रिक परिपक्वता र राष्ट्रिय एकताको सन्देशलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।
नयाँ दलले नेपाली राजनीतिमा राष्ट्रिय एकता र सांस्कृतिक संरक्षणको मुद्दालाई प्राथमिकतामा राख्दै वैकल्पिक धारको रूपमा उदय हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।