शान्ति सदभाव कायम राख्न जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा सर्वपक्षिय बैठक मार्फत प्रतिबद्धता

0 Shares
रौतहट, २२ पुस । धनुषामा घटित भएका एक घटनालाई लिएर विग्रदै गएका शान्ति सदभावलाई कायम राख्ने हेतु जिल्ला प्रशासन कार्यालय रौतहटको आह्वानमा मंगलवार सर्वपक्षिय बैठक सम्पन्न भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटको आह्वानमा जिल्ला समन्वय समितिका सभाकक्ष गौरमा आयोजित सर्वपक्षिय बैठकको सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा भएको बैठकमा उपस्थिति विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, धार्मिक अगुवाहरु, नागरिक समाजका अगुवा, समाजसेवी, संचारकर्मीहरुले जिल्लामा धार्मिक सदभावमा कुनै प्रकारको खलल नपुर्याउने लिखित प्रतिबद्धता जनाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी भुसालले रौतहट जिल्लाबासी समक्ष जारी गरिएका सार्वजनिक अपिलमा सामाजिक संजालहरुमा अपलोड भईरहेका भिडियो एवं फोटोहरुका कारण धार्मिक सदभावमा भईरहेका खललबाट सामाज अशान्त बन्दै गएको हुँदा त्यस्ता सन्देशहरु अपलोड गर्नेहरु विरुद्ध प्रशासन सुक्ष्म निगरानी गरिरहेको हुँदा सजग एवं सर्तक रहन उनले आग्रह गरे ।
बंगलादेश वा अन्य कुनै मुलुकमा भएका घटनालाई लिएर हामी बर्र्षौ बर्ष देखि बस्दै आएका सामाजमा एक आर्काको विरोधी भई मान मर्दन एवं द्वन्द सृजना गर्ने जस्तो कार्यमा संलग्न नहुन अपिल जारी गर्दै यदि त्यस प्रकारको कार्य भएको पाइएमा कानुन बमोजिम कारवाहीको भागी हुनुपर्ने बताए ।
उक्त सर्वपक्षिय बैठक पश्चात सार्वजनिक भएको प्रतिबद्धता पत्रमा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, एमाले, राप्रपा, जनमत, मधेशवादी, आजपा, सहित मुस्लिम धर्मगुरुहरु, नागरिक समाजका अगुवाहरुले हस्ताक्षर गर्दै सवै संग शान्ति र सदभाव कायम राख्ने प्रतिबद्धता जनाएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।