गरुडा नगरपालिकामा वडाको सिलिंग बजेटमा नगर प्रमुखको मनोमानीः डेढ करोडको सट्टा ४० लाख मात्र

0 Shares
सञ्जय मिश्रा
रौतहट, ३० पुस । रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकामा वडाको बजेट विनियोजन र योजना प्रक्रियालाई लिएर गम्भीर विवाद सतहमा आएको छ ।
नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले योजना र बजेटबारे कुनै जानकारी नदिई जनप्रतिनिधिबाट जबरजस्ती रेडबुकमा हस्ताक्षर गराउने गरेको आरोप स्वयं निर्वाचित वडाध्यक्षहरूले लगाएपछि विवाद सतहमा आएको हो ।
वडाध्यक्षहरूका अनुसार नगरसभा औपचारिकतामा मात्रै सीमित हुँदै आएको छ । भाषण सकिए पछि कुन योजनामा कति बजेट छुट्याइयो भने जानकारी नदिई रेडबुकमा हस्ताक्षर गराइने गरेको आरोप वडा नम्वर ८ का अध्यक्ष राम बशिष्ठ यादवले लगाए ।
“नगरप्रमुख बाहेक कसैलाई पनि योजना र बजेटको वास्तविक अवस्था थाहा हुँदैन,” वडाध्यक्ष यादवले भने । उनका अनुसार २०७९ को निर्वाचन पछि सुरुमा अवस्था सामान्य देखिए पनि गत आर्थिक वर्षदेखि जनप्रतिनिधिलाई अन्यौलमा राख्दै बलपूर्वक हस्ताक्षर गराउने प्रवृत्ति बढ्दै गएको छ ।
९ वटै वडा र उप–प्रमुखको बजेट सिलिङ रकमम न्यून राखी अधिकांश बजेटको नियन्त्रण मेयरले आफैं लिने गरेको आरोप उनीहरुले लगाए । योजनामा मनपरी रकमान्तर गरी आफू अनुकूल क्षेत्रमा बजेट सार्ने गरिएको दाबी पनि गरिएको छ ।
यसैक्रममा वडा नम्बर ८ कार्यालयले हालसम्म सम्पन्न, अधुरा तथा भुक्तानी बाँकी रहेका योजनाको विवरण माग गर्दै नगर कार्यपालिकासँग औपचारिक पत्राचार गरेको छ ।
वडा कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा नगरसभाबाट पारित नगरस्तरीय तथा वडा १ देखि ९ सम्मका सबै योजनाको विस्तृत विवरण माग गरेको हो । योजना कार्यान्वयन र भुक्तानी प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै वडा अध्यक्षहरूले आपत्ति जनाए ।
गरुडा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाँको बजेट प्रस्तुत गरेको भए पनि प्रत्येक वडालाई मात्र ४० लाख रुपैयाँ विकास बजेट सिलिङ तोकिएको भन्दै जनप्रतिनिधिहरू असन्तुष्टि जनाएका छन् ।
पूर्व मेयर इन्दुराय यादवको कार्यकालमा समानीकरण बजेट ११ करोड हुँदा पनि प्रत्येक वडालाई १ करोड ५ लाख रुपैयाँ बजेट छुट्याइएको स्मरण गराउँदै वडा अध्यक्ष यादवले भने, “यस वर्ष समानीकरण बजेट १३ करोड ४० लाख पुगेको छ, तर वडालाई ४० लाखमै सीमित गर्नु स्पष्ट रुपमा आफूहरु संग अन्याय भएको हो ।”
स्थानीय जनप्रतिनिधिहरूका अनुसार जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रम सार्वजनिक नहुनु गम्भीर विषय छ । यसले नगरपालिकाको योजना कार्यान्वयन प्रणाली नै अपारदर्शी र जवाफदेहिहीन बन्दै गएको संकेत गरेको उनीहरूको ठहर छ ।
यता, नगरपालिकाका योजना प्रमुख रामानन्द सहनीले वडाध्यक्षको निवेदनका आधारमा केही दिनभित्र सूचना अधिकारी मार्फत लिखित जानकारी उपलब्ध गराइने बताए । बजेट सिलिङको विषयमा आफूलाई जानकारी नभएको भन्दै उनी पन्छिए ।
नगरप्रमुख जयसवालले आफू विरुद्ध लागेका सबै आरोपहरु अस्वीकार गर्दै नगरसभामा सहभागी भएका जनप्रतिनिधिको सहमतिमै पारदर्शी रूपमा बजेट बाँडफाँड गरिएको दाबी गरे । विस्तृत जानकारी चाहिए नगरपालिकामै आएर कुरा गर्न आग्रह गरे ।
स्मरणीय छ, मेयर जयसवालको कार्यकाल सुरुदेखि नै गरुडा नगरपालिकामा आर्थिक कारोबारलाई लिएर पटक–पटक विवाद उत्पन्न हुँदै आएको छ । निर्वाचित मेयर भए पनि नगर सञ्चालन अन्य व्यक्तिको इसारामा भइरहेको भन्दै स्थानीयस्तरमा निरन्तर गुनासो उठ्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।