गौरमा मुख्य निर्वाचन अधिकृत सहित रौतहटको चार स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

0 Shares
रौतहट, २ माघ । अगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि रौतहट सदरमुकाम गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रवार स्थापना गरिएका छन् ।
जिल्लामा रहेका चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना आजै गरिएका हुन् ।
निर्वाचन क्षेत्र नम्वर १ को लागि करदाता सेवा कार्यालय गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने क्षेत्र नम्वर २ मा परोहा नगरपालिकाको लौकाहा, क्षेत्र नम्वर ३ का कटहरिया नगरपालिकाको कार्यालय कटहरिया तथा क्षेत्र नम्वर ४ को चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि जिल्ला मुख्य निर्वाचन अधिकृतको भुमिकामा रहनु भएका रौतहट जिल्ला अदालतका एक नम्वर न्यायाधिश मनोज केसीले निर्वाचन आयोगद्वारा जारी गरिएको नीति निर्देशनलाई अवलम्बन गरेर निर्वाचनका प्रक्रियाहरु अघि बढाउने क्रममा आज गौर सहित जिल्लाको चार वटै स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए ।
हामी स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण रुपमा निर्वाचन गराउन पूर्ण रुपमा प्रतिबद्ध रहेको हुँदा सबै क्षेत्रबाट सकारात्मक सहकार्यको साथै खास गरेर संचार क्षेत्रबाट पूर्ण सहयोगको अपेक्षा उनले राखे ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी, दुई नम्वर निर्वाचन अधिकृत न्यायाधिश सिताराम खड्का, नेपाल प्रहरीका डिएसपी विष्ण प्रदीप बस्याल, कर अधिकृत दिपेन्द्र झा, जिल्ला निर्वाचन अधिकारी छोटेलाल दास, इन्जिनियर दिपेन्द्र यादव, हुलाक प्रमुख देवनाथ यादव, आयुर्वेद अधिकृत विनय झा, अब्दल रब सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।