नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगद्वारा वैध ठहरः तीन वटा आधारलाई टेकेर गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

0 Shares
तराई टप डेष्क
रौतहट, २ माघ । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापाको नेतृत्वमा गठित नयाँ केन्द्रीय कार्यसमितिलाई औपचारिक मान्यता दिएको छ ।
निर्वाचन आयोगले पार्टी विधान, ऐन–कानुन तथा दुवै पक्षबाट प्राप्त कागजातलाई गहन अध्ययन गरेपछि शुक्रबार अवेर साँझ बैधानिकता दिएको हो ।
गत पुस २७–३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि सोको विवरण अद्यावधिक गर्न थापा पक्षले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
त्यसको लगत्तै १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले भने विशेष महाधिवेशन विधान विपरीत आयोजना गरिएको दाबी गर्दै आयोगमा आपत्ति जनाएका थिए ।
दुवै पक्षको दाबी र कागजातको अध्ययनपछि आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णय गरेको छ । आयोगका अनुसार यो निर्णय तीन वठा प्रमुख आधारमा गरिएको छ ।
पहिलो, पार्टी विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न सक्ने र त्यस्तो माग आएपछि महाधिवेशन आयोजना गर्नु अनिवार्य हुने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।
दोस्रो, विधानले महाधिवेशन प्रतिनिधिलाई पार्टीको सर्वोच्च प्रतिनिधि मानेको र उनीहरूको निर्णय नै अन्तिम हुने व्यवस्था रहेको आयोगको निष्कर्ष छ ।
तेस्रो, विशेष महाधिवेशनको माग गरिएको विषयमा महाधिवेशन प्रतिनिधिहरू मध्ये कसैबाट औपचारिक विमति नआएकाले विशेष महाधिवेशन विधान सम्मत रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।
यी तीनै आधारका कारण विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नेतृत्व वैध ठहर भएको आयोगको निर्णयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।