गुडिरहेको इभी माइक्रोबसमा आगलागि हुँदा यात्रुहरु सकुशल

0 Shares
बारा, ३ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा शनिबार बिहान गुडिरहेको इभी माइक्रोबसमा आगलागी भएको छ ।
आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जलेर नष्ट भए पनि त्यसमा सवार सबै यात्रु सकुशल रहेको हो ।
पोखराबाट काकरभिट्टा तर्फ जाँदै गरेको नेपाल यातायात प्रालिको प्र. १–०१–००१ ख ४७२० नम्बरको इभी माइक्रो बसमा आज बिहान करिब ३ः३० बजेको समयमा अचानक आगो लागेका थिए ।
घटना जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित सहजनाथ मन्दिर जाने बाटो नजिक भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
माइक्रोबसमा १४ जना यात्रु सवार थिए । सवारीसाधनबाट अचानक आगो सल्किएको देखेपछि चालकले सावधानी अपनाउँदै तत्काल गाडी सडक छेउमा रोकी सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेको कारण कुनै मानविय क्षति नभएको प्रहरीले जनाए ।
आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जलेर नष्ट भए पनि यात्रुहरू तथा उनीहरूको सामानमा कुनै क्षति नभएको प्रहरीले बताए ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले राजमार्गमा अलपत्र परेका यात्रुहरूको उद्धार गरी वैकल्पिक सवारीसाधनको व्यवस्था गर्दै उनीहरूलाई गन्तव्यतर्फ पठाएको थियो ।
प्रहरी निरीक्षक लामिछानेका अनुसार प्रारम्भिक अनुसन्धानबाट माइक्रोबसमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।