चुनावलाई भयरहित बनाउन गृहद्वारा ‘वडा–स्तरीय अवधारणा’ लागु

0 Shares
रौतहट, १७ माघ । आउँदो फागुन २१ गतेका लागि हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्य सहित गृह मन्त्रालयले नयाँ अवधारणा सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ जारी गर्दै वडा स्तरमा क्रियाशील राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र तथा प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापन प्रक्रियामा प्रत्यक्ष सहभागी गराउने नीति अघि सारेको हो ।
मन्त्रालयका अनुसार निर्वाचनको प्रत्येक चरणमा स्थानीय तहका सरोकारवाला पक्षको सक्रिय भूमिका सुनिश्चित नगरी निष्पक्ष चुनाव सम्भव नहुने निष्कर्षसहित अवधारणा तयार गरिएको बताइएको छ ।
अवधारणा कार्यान्वयनका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई औपचारिक पत्राचार समेत गरिसकेको छ । यस अवधारणा अनुसार वडा तहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी तथा प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापन, समन्वय र सहजीकरणमा समावेश गराइ अपनत्वको भावना विकास गर्दै चुनाव सम्पन्न गरिने बताइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, “वडातहकै सहभागिता र स्वामित्वबिना निष्पक्ष चुनाव कठिन हुन सक्छ । त्यसैले स्थानीय राजनीतिक दल, समाजका अगुवा र प्रबुद्ध वर्गलाई समेटेर भयरहित निर्वाचन वातावरण निर्माण गर्ने उद्देश्यले अवधारणा ल्याइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको हो ।”
अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीहरु तथा जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीलाई प्रत्यक्ष रुपमा जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
गृहको यो कदमलाई आगामी निर्वाचनमा देखिँदै आएका अविश्वास, आशंका र सुरक्षा चुनौतीहरू न्यूनिकरण गर्ने रणनीतिक पहलका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।