पुरानो नेता ब्रजकिशोर सिंहद्वारा पार्टी परित्याग

0 Shares
रौतहट, १९ माघ । दुई पटक साँसद भईसकेका व्यक्ति ब्रजकिशोर सिंह नेपाली काँग्रेस परित्यागको घोषणा गरेका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट २०४८ र २०५१ सालमा दुई पटक प्रतिनिधिसभा सदस्य भइसकेका २०५४ सालमा स्वास्थ्य राज्य मन्त्री समेतको जिम्मेवारी सम्हालिसकेका नेता सिंह देशको वर्तमान अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नेपाली काँग्रेस परित्यागको घोषणा गरेका हुन् ।
उनले अहिलेको राजनीतिक र प्रशासनिक परिस्थितिमा व्यापक भ्रष्टाचार मौलाएको आरोप लगाउँदै यस्तो अवस्थामा आफू पहिलेझै मौन बस्न नसक्ने स्पष्ट पारे । प्रशासनिक संयन्त्र नै भ्रष्टाचारमा डुबेको अवस्थामा राजनीतिक दलभित्र रहेर सुधार सम्भव नरहेको उनको भनाइ छ ।
नेताले नेपाली कांग्रेस सँग आफ्नो पहिचान जोडिएको भए पनि वर्तमान अवस्था र कार्यशैलीप्रति असहमति जनाउँदै आफूले यथार्थ तथ्यका आधारमा आवाज उठाउन बाध्य भएको बताए । “देश र जनताको पक्षमा बोल्नु नै आजको आवश्यकता हो,” उनले भने ।
उनको काँग्रेस परित्यागको घोषणाबाट पार्टी पंक्तिमा रतीभरी फरक नपर्ने तथा पार्टीले सबैथोक दिए तर पार्टीलाई दिने वेलामा भाग्ने व्यक्ति संग पार्टीको कुनै सरोकार नरहेको नेतृत्व पंक्तिले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।