सामाजिक सुरक्षा भत्ता लिन ३ घण्टाको लाइनः बलरा नगरपालिकामा सेवाग्राही पीडित

0 Shares
बलरा (सर्लाही), १९ माघ । सर्लाहीको बलरा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणको अव्यवस्थाका कारण वृद्धवृद्धा, अपाङ्ग र सेवाग्राहीहरू गम्भीर समस्यामा परेका छन् ।
यसअघि हरेक तीन महिनामा बलरा नगरपालिका–१ देखि ११ सम्मका सबै वडामा वडा कार्यालय मार्फत वृद्धा पेन्सन (सामाजिक सुरक्षा भत्ता) वितरण हुँदै आएकोमा पछिल्ला केही महिना देखि एनआईसी एसिया बैंक मार्फत भुक्तानी गरिदै आइरदा अनावश्यक लाइनमा बस्दा गम्भीर सम्स्यामा परेका हुन् ।
बैंकबाट भत्ता वितरण सुरु भएपछि हिड्न नसक्ने, बोल्न नसक्ने तथा अशक्त वृद्धवृद्धाहरू घण्टौ सम्म लाइनमा बस्न बाध्य भएका छन् । सामाजिक सुरक्षाका लागि सरकारले दिएको रकम लिनु नै वृद्धहरूका लागि दुःखद अनुभव बन्न थालेको सेवाग्राहीहरूको गुनासो छ ।
यस विषयमा नगर प्रमुखसँग ध्यानाकर्षण गराउँदा पुनः वडा कार्यालय मार्फत नै पेन्सन वितरण गर्ने प्रतिबद्धता जनाइएको भए पनि हालसम्म सो व्यवस्था कार्यान्वयनमा आएको छैन ।
स्थानीयले एनआईसी एसिया बैंक हथीयोल शाखामा दैनिक सेवा लिन १ देखि ३ घण्टासम्म लाइनमा कुर्नुपर्ने बाध्यता रहेको बताए । बैंकमा एउटा मात्र काउन्टर सञ्चालनमा रहेको, वृद्धवृद्धाका लागि बस्ने कुर्सी–टेबल समेत नहुँदा थप समस्या भएको स्थानीयको भनाइ छ ।
प्रत्यक्षदर्शीका अनुसार बैंकका केही कर्मचारीहरूले सेवाग्राहीसँग दुव्र्यवहार गर्ने गरेको दृश्यसमेत देखिएको छ । वृद्ध महिला र पुरुषहरू लामो समय उभिन बाध्य हुँदा स्वास्थ्य जोखिम समेत बढेको स्थानीयले गुनासो गरे ।
वृद्धा पेन्सन, अपाङ्गता  भएका नागरिकको भत्ता तथा बालबालिकाको पोषणका लागि सरकारले उपलब्ध गराएको रकम लिन बैंक सम्म धाउनुपर्ने अवस्थाले सामाजिक सुरक्षा कार्यक्रमको मर्ममाथि नै प्रश्न उठेको छ ।
स्थानीयवासीहरूले भत्ता वितरण पुनः वडा कार्यालय मार्फत गर्न, बैंकमा काउन्टर थप गर्न, बस्ने व्यवस्था मिलाउन र सेवाग्राही मैत्री व्यवहार सुनिश्चित गर्न नगरपालिकासँग तत्काल माग गरे । बैंकमा देखिएको अव्यवस्थाका फोटो तथा प्रमाण संकलन गरिएको र सम्बन्धित निकायलाई बुझाउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।