घरदैलोमा रहेका उम्मेदवारहरुको शिक्षा सुधार प्रतिको खोक्रो वाचा, गुजरा–४ को विद्यालयमा संयुक्त कक्षा

0 Shares
रौतहट, २० माघ । आसन्न निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू घरदैलो अभियानमा शिक्षा, स्वास्थ्य, खानेपानी र विकासका पूर्वाधारमा ‘फड्को मार्ने’ प्रतिबद्धता दोहोर्याइरहेको अवस्था छ तर व्यवहारमा निकै भिन्न रहेका छन् ।
रौतहटका अधिकांश सामुदायिक विद्यालयको अवस्था अझै पनि निराशाजनक देखिन्छ, जसले राजनीतिक वाचा र यथार्थबीचको गहिरो खाडल उजागर गरिदिएका हुृन् ।
उदाहरणको रुपमा गुजरा नगरपालिका–४ स्थित श्री जनज्योती प्राथमिक विद्यालय, पोखरभिण्डाको अवस्था निकै दयनिय रहेको देखिन्छ ।  २०५७ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले तीन जना राहत शिक्षक, एक जना बालविकास शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
पाँच कक्षासम्म अध्यापन हुने भनिए पनि कक्षा २ र ३ एउटै कोठामा एउटै शिक्षकद्वारा संयुक्त रूपमा पढाइ भइरहेको छ भने कक्षा ४ र ५ पनि संयुक्त कक्षाका रूपमा सञ्चालन हुँदै आएको यथार्थ रुपमा भेटियो ।
विद्यालयमा न त नियमित अभिभावक भेला हुने गरेको छ, न त शैक्षिक गुणस्तर सुधारका लागि कुनै दीर्घकालीन योजना बनाएको देखिन्छ । न्यून विद्यार्थी संख्या रहेको यस विद्यालयमा दिवा खाजा, छात्रवृत्ति तथा पाठ्यपुस्तक वितरण सम्बन्धी जानकारी समेत धेरैजसो विद्यार्थी र अभिभावकलाई छैन ।
स्थानीय अभिभावकहरू विद्यालयको कमजोर भौतिक पूर्वाधार र प्रभावहीन अध्यापन प्रणाली प्रति चिन्ता व्यक्त गर्छन् । उनीहरूका अनुसार शिक्षा सुधारका नारामा मात्रै सिमित भएको छ । जनप्रतिनिधि र उम्मेदवारहरूले ग्रामीण विद्यालयको यथार्थ अवस्था बुझेर कार्यान्वयन योग्य ठोस योजना अघि सार्न आवश्यक पहल गरिएको देखिदैनन ।
निर्वाचनको बेला चिल्ला र आकर्षक भाषण एवं एजेन्डामा सीमित हुने शिक्षा सुधारको वाचा व्यवहारमा उतार्न नसक्दा ग्रामीण क्षेत्रका बालबालिका अझै पनि गुणस्तरीय शिक्षाबाट वञ्चित भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।