‘तस्करी र अपराध कुनै हालतमा सह्य हुँदैन’ — एसपी रिजालको कडा चेतावनी, निर्वाचन सुरक्षा उच्च सतर्कतामा

0 Shares
रौतहट, २२ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले तस्करी, अपराध र सबैखाले अवैध गतिविधि कुनै पनि हालतमा सह्य नहुने स्पष्ट चेतावनी दिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको संचारकर्मी–नव आगन्तुक एसपी बीच परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै एसपी रिजालले प्रहरी इमान्दार र व्यवसायिक भएर काम गरे “दाग नलाग्ने” दाबी गर्दै आफ्नो विगतको ट्र्याक रेकर्ड राम्रो रहेको बताए ।
एसपी रिजालले जनताको अपेक्षा अनुसार प्रहरी परिचालन भइरहेको उल्लेख गर्दै अश्लील गीत–संगीत बजाइने डिजे नियन्त्रण, बाकस बोकेर भागिएको स्थानमा विशेष निगरानी, तथा निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाइने जानकारी दिए ।
जेन्जि आन्दोलनका क्रममा लुटिएका हतियार प्रयोग हुन सक्ने आशंका रहेकोमा आगामी निर्वाचन चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । मोटरसाइकल दुर्घटना र सवारीसाधन प्रयोगमा देखिएको लापरबाही नियन्त्रण गर्न प्रहरी निगरानी, जनचेतना र कारबाहीलाई थप प्रभावकारी बनाइने उनले बताए ।
“प्रहरी सुते अपराध बढ्छ, प्रहरी जागे अपराध घट्छ,” भन्दै उनले बास्तविक पिडितहरुको दर्ता भएका जाहेरीका आधारमा जघन्य अपराधमा संलग्नलाई कस्टडीमा राखेर कारबाही गरिएको दाबी गरे । गैर–व्यवसायिक काम नगरेको र प्रहरीबाट पत्रकारलाई आवश्यक सबै सूचना उपलब्ध गराइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
चुनाव विरोधी गतिविधि रोक्न जुनसुकै सुरक्षात्मक उपाय अपनाइने बताउँदै एसपी रिजालले सामाजिक सञ्जालको दुरुपयोगलाई पनि ठूलो चुनौतीको रूपमा औंल्याए । होली पर्वलाई समेत निर्वाचन सुरक्षाको दृष्टिकोणले संवेदनशील रूपमा हेरिएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्की ले प्रहरी “प्रहरीकै हैसियतले” निष्पक्ष रूपमा काम गर्नुपर्ने धारणा राखे । वरिष्ठ पत्रकार प्रभातकुमार झाले नेपाल लजदेखि जिल्ला प्रहरी कार्यालयसम्म टेम्पु पार्किङ गरिएको, राजनीतिक दलले भारतीय गाडी झण्डासहित प्रयोग गर्नु दुखद भएको तथा ठाउँ–ठाउँमा अवैध मदिरा उत्पादन भइरहेको विषयमा एसपी रिजालको ध्यानाकर्षण गराए ।
पत्रकार चञ्चल झा ले प्रहरी व्यापारी र सर्वसाधारण दुवैको सुरक्षामा निष्पक्ष भएर काम गर्नुपर्ने बताए । प्रविणकुमार शर्मा, विना श्रीवास्तव, यादव राज पुरी, आलोक पाण्डेय, राकेश यादव, ओमप्रकाश यादव, प्रविण टिबडेवाल र रविन्द्र साह लगायत पत्रकारहरूले बाकस बोकेर भागेको स्थानमा अझ कडा निगरानी आवश्यक रहेको सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।