फाइल तस्वीर
सर्लाही, २२ माघ । नेपाल प्रहरीका संगठन प्रमुख दानबहादुर कार्कीले बरहथवामा निर्वाचनलाई लक्ष्ति गरेर सुरक्षा व्यवस्था सम्बन्धी सुरक्षाकर्मीहरुलाई ब्रिफिंग गरिरहेकै समयमा त्रिभुवननगर नाकाबाट निर्वाध रुपमा तस्करी संचालनमा रहेको पाइयो ।
संगठन प्रमुख आइजी कार्कीले सर्लाहीको सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षा सम्बन्धी कार्यक्रममा ब्रिफिङ निर्देशन दिइरहेकै क्रममा त्रिभुवननगर नाकाबाट राजस्व छलीका कार्य एवं तस्करी निर्वाध रुपमा संचालन भईरहेको पाइएका हुन् ।
कार्कीले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउनु सुरक्षा निकायको प्रमुख दायित्व भएको उल्लेख गर्दै सीमा नाकाहरूमा विशेष सतर्कता अपनाउनु पर्ने निर्देशन दिए । सिमानाकाहरुबाट ओहरदोहर गर्नेहरु माथि विशेष निगरानी राखेर निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाकर्मी माथि ठूलो दायित्व रहेको निर्देशन दिए ।
तर उक्त ब्रिफिङको ठिक विपरित उक्त नाकाको कमान सम्हालेका प्रहरी नायव निरीक्षक (सई) परमानन्द यादवले तस्करहरु संग साँठगाँठ राखेर ठूलो परिमाणमा नेपालबाट भारत तथा भारतबाट नेपालमा तस्करी गराउदै आएको गम्भीर आरोप उनीमाथि लागेका छन् ।
श्रोतका अनुसार सई यादवले राजा दास किराना, जितेन्द्र साह हार्डवेयर, श्याम हार्डवेयर, पवन साह बाइकको पार्टस, हसन कपडा, उर्मिला साह श्रृंगार सामग्री, तिन बहिनी किराना, दिपकको आमा किराना, ललिता दनुवार किराना, दुलारी साह किराना, राजगिर गुप्ता बाईकको पार्टस, गौरी यादव हार्डवेयर, मुसलीवाली किराना, काली किराना, गैरवाली किराना, प्रिती साह किराना, सन्तोष भण्डारी स्याउ अखरोट लहसुन फर्सीको विऊ, विजय लगायतका तिन दर्जन भन्दा बढि कारोवारीलाई लाइन दिएर राजस्व छलीका सामानहरु निर्वाध रुपमा भित्रयाउने कार्यमा संलग्न रहेको बताइएको छ ।
त्यती मात्रै नभई सई यादवले आफना सहकर्मीहरुबाट राति राति स्कटींगमा अबैध कार्यलाई संचालन गराउदै आएपनि उनलाई कुनै प्रभाव परेका छ्रैनन् ।
यसैगरी सर्लाहीको त्रिभुवननगर नाका बाहेक, सग्राम्पुर, सखुवा, गोरखकाली, भाडसर, बाराउधोरण, मधुवनी, अर्नाहा सहितका दर्जनौं नाकाहरुबाट निर्वाध रुपमा तस्करी कार्य जारी रहेपनि सम्बध निकाय उदाशिन बनेको श्रोतको दाबी छ ।
यस विषयमा सर्लाही प्रहरी प्रमुख संग बुझ्न खोज्दा उनी संगठन प्रमुख आएको हुँदा निकै व्यस्त रहदा मोवाइल व्यस्त रहदा सम्पर्क हुन सकेनन् ।