“स्वाभिमान र मधेसको सम्मानका लागि रुखमा मतदान”—अनिल कुमार झाको आह्वान, बाढी समाधान पहिलो प्राथमिकता

0 Shares
रौतहट, २९ माघ । “आफ्नो स्वाभिमान र मधेस प्रदेशको सम्मानका लागि रुख चिन्हमा मतदान” भन्ने नारासहित रौतहट क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिलकुमार झाले मधेसी जनताका वर्षौंदेखिका माग–मुद्दा सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
माधवनारायण नगरपालिका–मिठुअवामा पत्रकारहरूसँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहेका झाले आसन्न निर्वाचन पछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै मधेशी जनाका बर्षै देखि थाँती रहेका मुद्दाको यथोचित सम्बोधन गराउने दाबी गरे ।
उनले जनआन्दोलनमा युवाहरूले उठाएका मुद्दालाई आत्मसाथ राखेर पार्टीले केन्द्रीय संरचनादेखि देशभर युवामुखी उम्मेदवारी दिएको उल्लेख गरे ।
बाढी समस्या दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता
झाले रौतहट–१ को प्रमुख समस्या बागमती र लालबकैया नदीको बर्षेनि आउने बाढी रहेको बताउँदै जनताको मतबाट विजयी भए दीर्घकालीन समाधानका लागि विशेष योजना अघि सार्ने बताए । तटबन्ध सुदृढीकरण, नदी व्यवस्थापन र विपद् पूर्वतयारीलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।
शिक्षा–स्वास्थ्यदेखि सडक–नालासम्म विकासको अठोट
उनले शिक्षा, स्वास्थ्य, सडक, नाला लगायत आधारभूत पूर्वाधार विकासका काम स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरी युद्धस्तरमा अघि बढाउने र जनतालाई “वास्तविक विकासको अनुभूति” गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेश प्रचार–प्रसार संयोजक नितेश कुमार गुप्ता, क्षेत्र नम्वर १ का अध्यक्ष श्रीराम यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।