आजपाको चुनावी घोषणापत्र सार्वजनिकः प्रत्यक्ष कार्यकारीदेखि निःशुल्क आधारभूत सेवासम्म

0 Shares
रौतहट, १ फागुन । आम जनता पार्टी (आजपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्ना चुनावी घोषणापत्र शुक्रबार सार्वजनिक गरेका छन् ।
काठमाडौंको भ्रिकुटी मण्डपमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, वरिष्ठ पत्रकार एवं नेता ऋषिराज धमला र सहअध्यक्ष तिलक थापा मगर लगायत नेताहरूले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

‘एक घर–एक रोजगारी’, कर सीमा २०% र राइट टु रिकलसहित संरचनागत सुधारको प्रस्ताव

घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, करको संवैधानिक सीमा र शिक्षा–स्वास्थ्य सहित आधारभूत सेवा निःशुल्क उपलब्ध गराउने जस्ता महत्वाकांक्षी एजेन्डा अघि सारिएको छ । शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीति सम्म संरचनागत परिवर्तन गर्ने प्रतिबद्धता पार्टीले जनाए ।
प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक प्रणाली
आजपाले प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने प्रस्ताव गरेको छ । संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्ने तथा निर्वाचित जनप्रतिनिधिलाई काम नगरेमा कार्यकालमै फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ अधिकार सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
सरकारले कुल गार्हस्थ उत्पादनको २० प्रतिशत भन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव पनि पार्टीले अघि सारेको छ । गैरआवासीय र विदेशीलाई नागरिकता दिने प्रावधान पुनरावलोकन गर्ने एजेन्डा समेत समावेश गरिएको छ ।
भ्रष्टाचार नियन्त्रण र न्यायिक सुधार
भ्रष्टाचारविरुद्ध जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने, सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइन मार्फत सार्वजनिक गर्ने तथा नीतिगत भ्रष्टाचारमा संलग्नको सम्पत्ति जफत गर्ने प्रस्ताव घोषणापत्रमा समेटिएको छ ।
न्यायालयलाई पूर्ण डिजिटलीकरण, पारदर्शी नियुक्ति प्रणाली र न्यायिक सुधार मार्फत सुशासन सुदृढ गर्ने योजना पनि सार्वजनिक गरे ।
‘एक घर–एक रोजगारी’ र आईटी हबको लक्ष्य
आजपाले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागु गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरे । नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० देखि २५ लाख रुपैयाँ सम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना पनि सार्वजनिक गरे ।
हरेक विद्यार्थीले कम्तीमा एक उच्च प्राविधिक सीप अनिवार्य रूपमा सिक्नुपर्ने व्यवस्था गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ ।
शिक्षा, स्वास्थ्य र आधारभूत सेवा निःशुल्क
पूर्ण साक्षर राष्ट्र अभियान, स्मार्ट कक्षाकोठा र ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने योजना अघि सारिएको छ । स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने घोषणा आजपाले गरे ।
पूर्वाधार, ऊर्जा र आवासमा नयाँ दृष्टिकोण
मुख्य राजमार्ग स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधि निगरानी, सार्वजनिक पार्किङ व्यवस्था, अप्टिकल फाइबर विस्तारसहित डिजिटल करिडोर विकास गर्ने योजना सार्वजनिक भएको घोषणापत्रमा समावेश छ ।
विद्युत् उत्पादन तथा निर्यात वृद्धि गर्दै ‘हिमालयन ओरिजिन’ ब्रान्ड मार्फत बोतलको पानी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने लक्ष्य पनि पार्टीले लिएको छ । भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ र योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिबद्धता समेत सार्वजनिक गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।