२०४० देखि संघर्षपूर्ण राजनीति गर्दै आएका मधेशवादी नेता देबेन्द्र मिश्रको “जेल देखि जनमत सम्म” यात्रा

0 Shares
मधेशको अधिकार र अस्मिताका लागि २०४० सालदेखि निरन्तर संघर्ष गर्दै आएका मधेशवादको राजनीति गर्ने वरिष्ठ नेता प्रोफेसर देबेन्द्र मिश्र संग तराई टप का सम्पादक प्रभातकुमार झा बीच भएका राजनीतिक संवाद एवं निर्वाचन विशेष सम्बन्धी कुराकानीको केही अंश प्रस्तुत गर्दछौं ।
मधेशवादी नेता मिश्र विचार र मधेशवादको नीति लिएर रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट चुनावी मैदानमा सक्रिय भएका छन् । विद्यार्थी जीवनमै मधेशविरोधी प्रतिवेदनको विरोध गर्दै पम्प्लेट वितरण गरेका कारण उनी पक्राउ परेका थिए र जेलसमेत जानुपरेको थियो । त्यही घटनाबाट उनको राजनीतिक यात्राको औपचारिक सुरुवात भएको बताए ।
विश्वविद्यालय अध्ययनका क्रममा सुरु भएको आन्दोलन क्रमशः लोकतान्त्रिक संघर्षमा रूपान्तरण भएको स्मरण गर्दै गजेन्द्र बाबूसँग मिलेर उनले विभिन्न चरणका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको छु ।  जनअधिकारको पक्षमा सडकदेखि संगठनसम्म निरन्तर योगदान दिँदै “सदभावना परिषद” र “नेपाल सदभावना पार्टी” जस्ता राजनीतिक संरचनाको निर्माणमा अग्रसर भए ।
उनी नेपाल सदभावन पार्टीका संस्थापक सह–अध्यक्षका रूपमा कार्यरत रहिसक्नु भएको पछि महामन्त्रीको जिम्मेवारी सम्हाल्दै पाँच जना अध्यक्षसँग करिब १५ वर्षसम्म निरन्तर संगठन सुदृढीकरणमा सक्रिय रहेको अनुभव सुनाए ।
प्रश्नः २०४० सालदेखि सुरु भएको तपाईंको संघर्ष आज चुनावी मैदान सम्म आइपुग्दा यस यात्रालाई कसरी हेर्नुहुन्छ ?
उत्तरः मेरो व्यक्तिगत यात्रा होइन, मधेशको सम्मानको यात्रा हो । २०४० सालमा मधेश विरोधी प्रतिवेदन विरुद्ध आवाज उठाउँदा मलाई जेल हालियो । तर जेलले मेरो आवाज दबाएन, बरु झन् बुलन्द बनायो । आज म फेरी जनताको बीचमा उभिएको छु—अधिकारको अधुरो लडाइँ पूरा गर्न आएका छौं ।
प्रश्नः विरोधीहरूले तपाईंलाई पुरानो सोचको नेता भन्छन् ?
उत्तरः यदि अधिकारको कुरा गर्नु पुरानो सोच हो भने म गर्वका साथ पुरानो हुँ । मधेशको अस्मिता, समान प्रतिनिधित्व र सम्मानका मुद्दा कहिल्यै पुराना हुँदैनन् । पदका लागि राजनीति गर्नेहरू बदलिन्छन्, तर सिद्धान्तका लागि लड्नेहरू अडिग रहन्छन् ।
प्रश्नः जेल जीवनको अनुभवले तपाईंलाई के सिकायो ?
उत्तरः जेल मेरो लागि संघर्षको विश्वविद्यालय थियो । त्यहाँ मैले अन्यायको जरा बुझें । मैले बुझे—डरले अधिकार आउँदैन, संघर्षले आउँछ । त्यसैले म कहिल्यै पछि हटिन ।
प्रश्नः संगठन निर्माणमा तपाईंको भूमिका कत्तिको निर्णायक रह्यो ?
उत्तरः “सदभावना परिषद” देखि “नेपाल सदभावना पार्टी” सम्मको यात्रामा, म स्थापना चरण देखि नै सक्रिय थिए । संस्थापक सह–अध्यक्ष र पछि १५ वर्षसम्म महामन्त्री भएर पाँच अध्यक्षसँग काम गरेंको अनुभव छ । संगठनलाई जोगाउन, विस्तार गर्न र जनतासँग जोड्न मैले निरन्तर मेहनत गरेंको छु ।
प्रश्नः रौतहट–१ का मतदातालाई तपाईंको स्पष्ट प्रतिबद्धता के हो ?
उत्तरः अबको चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन—यो आत्मसम्मानको जनमत संग्रह हो । म विकास, सुशासन र समान अवसरको ग्यारेन्टी दिन्छु । म वाचा होइन, विगतको प्रमाण लिएर आएको छु ।
प्रश्नः तपाईं आफ्नो क्षेत्रमा किन परिवर्तन आवश्यक रहेको छ ?
उत्तरः हाम्रो क्षेत्रमा वर्षौदेखि एउटै कुरा दोहोरिँदै आएको छ—लालीपप देखाउने, आश्वासन दिने र चुनाव जितेपछि गायब हुने राजनीति हाबी छ । मधेशको नाम लिएर माथि सोल्ड–मेनफोर्स जस्तो व्यवहार गर्ने, अधिकारको कुरा गरेर व्यक्तिगत सम्पत्ति जम्मा गर्ने प्रवृत्ति बढेको छ । यहाँ क्षेत्रमा काम नगर्ने, जनतासँग नबस्ने, चुनावको बेला मात्र देखिने नेताले अब जनताको विश्वास पाउन सक्दैनन् ।
प्रश्नः तपाईंको आरोप निकै गम्भीर देखिन्छ । के भन्न खोज्नुभएको हो ?
उत्तरः हाम्रो क्षेत्रबाट जितेका प्रधानमन्त्री बने, मन्त्री बनेका व्यक्तिहरू पनि भए । तर जनताको अवस्था जहाँको त्यहीँ छ । विकासको नाममा देखावटी कार्यक्रम भयो, तर वास्तविक परिवर्तन आएन । विभिन्न आरोप लागेका, सम्पत्ति र शक्ति मात्र केन्द्रित गर्ने उम्मेदवारहरूबाट जनताले अब प्रश्न सोध्नुपर्छ । यदि हामीले यस्ता प्रवृत्तिलाई अस्वीकार गरेनौ भने परिवर्तनको अर्थ नै रहँदैन ।
प्रश्नः तपाईंले ‘परिवर्तन’ भन्नु भएको के हो ?
उत्तरः जेन जी पुस्ताको आन्दोलनबाट ७६ जना सहिद भए तर पनि उही अनुहार र त्यही व्यक्ति आउनु यो कस्तो खालको परिवर्तन हो उनले चिन्ता व्यक्त गर्दै परिवर्तन केवल अनुहार फेरिने कुरा होइन । यो इमानदार, निष्ठावान र मधेशप्रति समर्पित नेतृत्व चयन गर्ने प्रक्रिया हो । मधेशका लागि लगानी गर्ने, समय दिने, यहाँको पीडा बुझ्ने र जनतासँगै बस्ने प्रतिनिधि चाहिन्छ । संघर्षमा कहिल्यै नदेखिएका, तर चुनावमा मात्र सक्रिय हुने उम्मेदवारले मधेशको भविष्य बनाउँदैनन् ।
प्रश्नः तपाईं मतदातासँग के अपिल गर्न चाहनुहुन्छ ?
उत्तरः म जनतासँग आग्रह गर्छु—भावनामा होइन, विवेकमा आधारित निर्णय गर्नुहोस् । जसले मधेशका लागि लेख्यो, बोल्यो, चिन्तन गर्यो, अध्ययन गर्यो, त्यस्ता व्यक्तिलाई अवसर दिनुपर्छ । परिवर्तन चाहिन्छ भने साहसिक निर्णय लिनुपर्छ ।
प्रश्नः तपाई क्षेत्रका मतदाताहरु संग कस्तो अपेक्षा राख्नु भएको छ ?
उत्तरः २०४० मा सुरु भएको आन्दोलन अधूरो छ । यो चुनाव त्यसैको निरन्तरता हो । मधेशको आवाज दबाउने प्रयास धेरै भए, तर अब निर्णय जनताको हातमा छ । संघर्षको इतिहास छ, अब परिवर्तनको भविष्य लेख्ने समय आएको छ ।
म सबै मतदातासँग प्रार्थना गर्दछु—सचेत भएर मतदान गर्नुहोस्, आफ्नो भविष्यको प्रतिनिधि छान्नुहोस् । यदि तपाईंहरू सहयोग गर्नुहुन्छ भने, म वाचा गर्छु—मधेशको सम्मान, विकास र अधिकारका लागि पूर्ण रूपमा समर्पित रहनेछु । त्यसैले जनमतको हर्न छापमा मतदात गरी विचार चिन्तनलाई विजयी बनाउने कार्यमा तपाईको भुमिका फलदायी बनोस कामना आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।