रौतहट–सर्लाहीमा नक्कली नोटको जालो ! चुनावको समयमा नक्कली नोट खपत गराउने गिरोह सक्रिय

0 Shares
रौतहट, ३ फागुन । निर्वाचन नजिकिदै जाँदा नक्कली नेपाली नोट खपत गराई बजारमा चलनचल्तीमा ल्याउने गिरोह यतिखेर सक्रिय रहेका केही प्रमाणहरु फेला परेका छन् ।
रौतहट–सर्लाहीका सीमाक्षेत्र हुँदै नेपाली बजारमा ठूलो परिमाणमा नक्कली नोट भित्रिन थालेपछि सुरक्षा निकायमा चिन्ताको विषय बनेपछि उच्च सतर्कता अपनाइएका हुन् ।
वृन्दावन नगरपालिकाको विश्रामपुर गाँउ क्षेत्रमा एक पसलमा पेट्रोल खरिद गरेवापत नक्कली नोट दिए । पसलेलाई नोट प्रति शंका लाग्दा उक्त ग्राहकलाई कुरामा अल्झाएर राख्दै प्रहरीलाई खवर गरेका थिए । प्रहरीले गरेको आकस्मिक चेकजाँचका क्रममा दुई युवक नक्कली नोटसहित पक्राउ परेपछि यस प्रकरणको रहयोघाटन भएका थिए ।
प्रारम्भिक अनुसन्धान अनुसार भारतमै छापिएका ५ सय र १ हजार दरका नक्कली नोट व्यवस्थित रूपमा नेपाल भित्रर्याइँदै आएको आशंका गरिएको छ । सुरक्षा स्रोतका अनुसार एक लाख सक्कली नेपाली रुपैयाँको साटो चार लाख सम्म नक्कली नोट उपलब्ध हुने ‘दर’ रहेको विश्वास गरिन्छ, जसले गिरोहको जालो गहिरो र संगठित रुपमा बढेको छ ।
पक्राउ परेकामध्ये विवेक यादव लामो समयदेखि नक्कली नोट कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको स्रोतले जनाए । उनीहरू चुनावको समयमा नोटको माग बढ्ने अवस्थालाई उपयोग गर्दै ठूलो परिमाणमा नक्कली मुद्रा बजारमा पठाउने तयारीमा रहेको आशंका गरिएको छ ।
चुनावी स्वच्छता माथि प्रश्न ?
सुरक्षा अधिकारीहरूका अनुसार स्थानीय तहमा चुनाव लडिरहेका केही उम्मेदवारहरूले मतदाता प्रभावित गर्न यस्ता नक्कली नोट प्रयोग गर्ने गरेको दाबी पनि उठ्न थालेको छ । यदि पुष्टि भएमा यसले चुनावी स्वच्छता र लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न खडा गर्नेछ ।
अर्थतन्त्रमा गम्भीर जोखिम
विशेषज्ञहरूका अनुसार नक्कली नोटको बढ्दो प्रवाहले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पार्न सक्छ ।
–बजारमा कुल मुद्रा प्रवाह अनियन्त्रित भई मुद्रास्फीति बढ्ने खतरा
–व्यापारी–उपभोक्ताबीच विश्वास संकट
–बैंक तथा वित्तीय प्रणालीमा जोखिम वृद्धि
–व्यापारिक गतिविधिमा सुस्ती
नक्कली मुद्रा वास्तविक नोटकै रूपमा खर्च हुने भएकाले मूल्य प्रणाली अव्यवस्थित बन्ने सम्भावना उच्च हुन्छ ।
सीमामा कडा निगरानी, तर जालो फैलिदै गएको अवस्था ?
सुरक्षा निकायका अनुसार रौतहट–सर्लाही सीमाक्षेत्र नै मुख्य प्रवेश नाका बनेको छ । प्रहरीले सीमामा चेकजाँच कडा बनाएको दाबी गरे पनि नक्कली नोट नेटवर्क गहिरो रुपमा फैलिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
निर्वाचनको समयमा यस्ता नक्कली नोटका कारण प्रतिकुल असर पर्ने निश्चित रहेको हुँदा सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीहरु सुक्ष्म दृष्टि राखेर नक्कली नोटको कारोवार गर्ने कारोवारीको जालो भत्काउन नितान्त आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।