रौतहटको चारै क्षेत्रमा सेनाद्धारा मोटरसाइकलबाट पेट्रोलिङ, प्रत्येक क्षेत्रमा एक–एक गुल्म फौज

0 Shares

रौतहट, ५ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले रौतहटमा नेपाली सेनाद्वारा मोटरसाईकल पेट्रोलिङ सुरु गरिएको छ।
गौरस्थित नारायणदल गणले हिजो सोमबार देखि जिल्लाका चारै निर्वाचन क्षेत्रमा मोटरसाइकल पेट्रोलिङ सुरु गरेको हो।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सेनाले पैदल, गाडी तथा मोटरसाइकल मार्फत नियमित गस्ती गरिरहेको छ।नारायणदल गण गौर पुरेनवाका अनुसार संसदीय निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा मेजर (सेनानी) को कमाण्डमा प्रत्येक क्षेत्रमा एक–एक गुल्म फौज परिचालन गरिएको छ। एक गुल्ममा करिब ११० जना सैनिक रहने व्यवस्था रहेको उनले जानकारी प्राप्त भएको छ ।
जिल्लाका सबै पालिकामा सेना तैनाथ भइसकेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दिन–रात गस्ती सञ्चालन गरिरहेको छ।
सेनाले अति संवेदनशील क्षेत्रमा सुरक्षा उपस्थिति बढाउने, आवश्यक परे अन्य सुरक्षा निकायलाई सहयोग गर्ने, मतपेटिका ढुवानी तथा मतगणना स्थलको सुरक्षा मजबुत पार्ने कार्य गर्ने जनाएको छ। मतदान प्रक्रिया सम्पन्न भई अन्तिम मतपरिणाम घोषणा नभएसम्म सेना आफ्नो कार्यक्षेत्रमै रहने बताइएको छ।
राजनीतिक रूपमा मधेश प्रदेशकै संवेदनशील जिल्लामध्ये मानिने रौतहटमा विगतका निर्वाचनहरूमा दलहरूबीच तनाव, झडप तथा धाँधलीको आशंका देखिँदै आएको सन्दर्भमा यसपटक राज्यले सुरक्षा संयन्त्र कडा बनाएको देखिन्छ। सेना परिचालनले सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न मनोवैज्ञानिक प्रभाव समेत पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।