वीरगञ्जको तनाव मत्थर हुँदै, तीन बुंदे सहमती पश्चात कर्फयु हट्यो

0 Shares
वीरगञ्ज, ११ फागुन । वीरगञ्जमा दुई समुदायबीचको तनावलाई मत्थर पार्न पर्सा प्रशासनले तीन बुंदे सहमती गर्दै कर्फयुलाई हटाएको छ ।
सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय पर्सामा सद्भाव समितिको अग्रसरतामा बसेको बैठकले उक्त निर्णय भएपछि कर्फयु हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सम्पन्न भएको सदभाव बैठकमा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा तथा हिन्दु–मुस्लिम समुदायका प्रतिनिधिहरू सहभागी भई उक्त तिन बुंदे निर्णय भएर सहमती भएको बताइएको छ ।
बैठकले वीरगञ्ज–११ श्रीपुरमा आइतबार बेलुकी भएको घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशीघ्र अघि बढाइनेछ । दोषीलाई कारबाहीको दायरामा ल्याउन धार्मिक अगुवाहरूले समेत सहजीकरण गर्ने सहमति भएको छ ।
त्यसैगरी, व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने तथा घृणात्मक अभिव्यक्ति प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने निर्णय भएको हो ।
यसैबीच जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहानदेखि जारी रहेको कर्फयु आदेश हटाउने निर्णय गरेको जनाएको छ । प्रशासनले शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई संयमित रहन अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।